Religious Activity - सरस्वती पूजा, CO
 
Date: Saturday, Jan 28, 2012
   
EVENT INFO:


सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे।।


आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर तथा सनातन मन्दिर व्यवस्थापन समिति, ब्राइटन कोलोराडोको सहआयोजनामा यही जनवरी २८, २०१२ का दिन सनातन मन्दिर, ब्राइटन, कोलोराडोमा सरस्वती पूजाको कार्यक्रम हुँदैछ । उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा अर्चना साथै भजनकिर्तन, कविता वाचनको कार्यक्रम ' साहित्य संगम' र बालबालिकाहरुलाई कपी र सिसाकलम प्रदान गर्ने कार्यक्रम पनि रहेको हुँदा यहाँहरु सबैलाई कविता र आफ्ना बालबालिकाहरुलाई साथ लिएर सरस्वती पूजामा सहभागी बनिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको प्रयासमा नेपाली , भाषा, साहित्य, कला, संस्कृति लगायत विविध विषयसंगसम्बन्धित पुस्तकहरुको संकलन गरी पुस्तकालय संचालन गर्ने निर्णय भएकाले यहाँहरुसँग उपलव्ध तथा कोलोराडो च्याप्टरलाई प्रदान गर्न चाहनु भएका पुस्तकहरु (विवरण सहित) उक्त कार्यक्रमको अवसरमा प्रदान गरि सहयोग गर्नुहुन पनि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम हुने स्थान:
सनातन मन्दिर
218 N. 6th Ave, Brighton, CO 80601

कार्यक्रम हुने मिति: २८ जनवरी २०१२

समय: दिनको ठीक ३ बजे

संपर्क: पदम विश्वकर्मा (७२०-६२८-६३१३), अनेसास, कोलोराडो च्याप्टर
रेणु श्रेष्ठ (७१९-२३३-१४६६), सनातन मन्दिर

अनेसास, कोलोराडो च्याप्टर (http://inlscolorado.org/)
सनातन मन्दिर (http://sanatanmandircolorado.org/)
 

Venue: 218 N. 6th Ave Brighton CO
Viewed 2761 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters