[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Khattam -------- Deep

[Please view other pages to see the rest of the postings. Total posts: 46]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 26625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 11-07-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खत्तम्!

----------


"भोलि त सबै जना बुढानिलकन्ठ नारन्थान् जानि -- कात्तिकको
खै के पुजा गर्नि रे फुपुहरुले त्याँ --- पुजा सुजा सकिएसि पिक्निक् गर्नि भन्या छ त्यतै---मिल्दैन भोलि -" बाङ्गेले भोलि रमाइलो गर्नि भन्या प्रस्ताब् प्रति
टिप्पणि गर्दै मैले भने। बाङ्ग्या रमाइलो भन्या उस्ले बाउको
गाँठ् रक्सि चुरोस् चोरेर ल्याउथ्यो अनि त्यस्को हाम्ले सदुपयोग
गर्दिन्थिम् त्यै हो।

बाङ्गे चकित् भो। उस्ले रमाइलो गर्न राख्या प्रस्ताब् हम्मेसि अस्विकार
हुन्नथ्यो। मैले नि यत्तिकै उस्को निम्तोलाइ लात् हान्या हैन कारण थ्यो।

म नि आम् -- पूजामा?---उहिँ लिएर जाम्ला नि त हाम्रो सप्प्लाइ? बाङ्ग्या
आँखा चम्के।

"काँ आउनि? फुपुहरुले लाको पुजा हाम्ले हो र? फेरि पुजामा कताको
जाँड् रक्सि चुरोट् बोकेर जानि---उसै त आफन्त दुश्मन् भैराछन्
---झन् त्यै माथि जाड् रक्सि बोकेर गयेसि जात्रा गर्दैनन्" भन्दै
मैले प्रतिकारले कुल्चिन खोजेँ।

"को आफ्न्त दुश्मन् भा भन्या?" बाङ्गेले सोध्यो।।

को अब? सबै नि --- "दीप् बिग्र्यो--- सङ्गत् राम्रो भएन"---भन्या
सुन्दा सुन्दा झर्कै लागि सक्यो अब त - अस्ति त्यै तँ सङ त्याँ
नक्सालको एभरेस्ट् मोमो लाइ स्टार् बियर्ले पखालेर आ बेलाँ हजुरामाले त "यो
बज्ज्याले त गति छाड्न लायो" भनेर खत्तम् - आफुलाइ झम् झम्
पनि भैरा है घराँ अरु मान्छे नि आ रे छन् बोरै भो नि हजुराँ
कराइदेर---

"ह्या मलाइ लैजा न पूजामा" बाङ्गेले रहर् पोख्यो --- उस्लाइ म
बिग्र्या के मतलब्? बरु एक् हिसाबले राम्रै लाग्यो होला --- बिग्र्या बिल्ला
लाउनि उ मात्रै होइन टोलाँ भनेर।

"मिल्दैन---किच् किच् नगर्न---" बाङ्ग्या रहर् मैले उठाइन।

बाङ्गेले घुरेर हेर्यो। केइ भनेन। अनि अलि ठुलो स्वरले सोध्यो "के
खान जानि त्याँ पूजा मा? साबुदाना खिर्? "
त्यसरि हेपेर साबुदाना खिर् भन्या मलाइ मन् परेन --- "के को
साबुदाना खिर् --- चामालकै खिर् नि --- पुरि रोटि तर्कारि दुनिया थरि
हुन्छ नि ---- माछा मासु पो हुन्न -"


एक् छिनको असजिलो मौनता पछि मैले थपेँ -"ब्यानै फुपुका जानि
अनि त्या मिनिबस् रिजर्ब् गर्या छ रे अनि मिनिबसमा जानि हो -"

तिमेर्को मिनिबस् पन्चट् भै हालोस् -सराप्दै बाङ्गे घर् जान्छु
भनेर हिन्यो।

बाङ्गे मेरो सब् भन्दा नजिकको साथि। कता कता बाट मामाघर् तिरको
नाता पनि पर्नि। तर मेरो बाध्यता थ्यो भोलि उस्लाइ म सङ्ग लान
नमिल्ने। फुपुहरुलाइ उस्ले नचिन्या त हैन ---in fact मेरो फुपुकि
छोरि सुनिता लाइ त्यो बाङ्ग्या अनुहार् देख्यो कि हाँस् उठ्थ्यो किन हो---
मैले बाङ्गेलाइ नारान्थान् जानि पनि भन्न नहुनि - अन्तै जानि भन्नु
पर्ने -कस्तो! बाङ्ग्या के ठेगान्? आइपुग्यो भने? बर्बादै हुन्छ नि--- मन् झन्नै
चिप्लेर पछारियो-तेइ सम्हाले र मात्रै -तर मुस्किल् ले।

सुनिताकि, मेरि फुपुकि छोरि के त, एउटि साथि थि स्वेता। नाम् मात्रै
लेख्दा नि ज्यान् हलुम् हुन्छ, हरे! जे होस् --- मलाइ त अब उहि हो जो
केटि नि राम्री लाग्ने त्यतिबेला झन् त्यो स्वेता त धुन्धानै थि।
मैले साम् दाम् दन्ड भेद् सप्पै लार सुनितालाइ जसरि भे नि
स्वेतालाइ पुजामा ल्याउन मनाको थिए। आजै मात्रै पक्का भा थ्यो स्वेता नि आउने
भैरे भनेर। अब त्यस्ताँ बाङ्गेलाइ लान हुन्थ्यो? राम् राम् राम् ---
खत्तम् गरि हाल्थ्यो नि बाङ्गे ले। नचिन्या हो र?

आफुलाइ निदाउनै गार्हो भो त्यो राति-दुइ तिरको चेपमा परेर ---एका
तिर बाट स्वेतालाइ भेट्ने के के भन्ने के के गर्नि भन्ने अर्को तिर
बाट बाङ्गे आउला र सप्पै भाँडदेला भन्ने चेपमा छट्पटि
रहे - के गर्नि मनको ताप् पनि आगो झै हुदो रे छ - पोल्नि।

ब्यानै माराजगन्ज् फुपुका (त्यै शिवपुरि स्कूल् नजिकै) पुगियो। हामि
पुग्दा त उनिहरु कुन् बेला देखि उठेर तयार् भैसक्या रे छन् - उहिँ
पुगेर पकाउनि खानेकुरा भन्या सुन्या थे ---फेरि के के हो पकाइ सक्या
नि देखिँ --- रात् भर् तेइ पकारै बसेछन् कि कुन्नि --- त्यो कात्तिकको
पुजा बर्सेनि गर्थे उनिहरु त्या नारान्थान्मा। स्वेता सङ्ग नि भ्वाक्कै
देखा देख् भो --- मनमा खुसिको चिल् आक्कासियो।

मिनिबसमा नि "स्वेता सङ्गै बस्न पाइयोस् जये नारन्" त भन्या हो तर
फुपाजु सङ्ग परियो --- बाटो भरि पढाइको कुरा गरेर दिक्कै पारे।
स्वेता सङ्ग त आखा जुधाउन सम्म मुस्किल् पर्यो - के गर्नि उ र म
एउटै सिटाँ परिम् तर बिचाँ अरुहरु बसे --- लुगा निचोर्या जसरि
निचोरियो मन् रहर् चुहाउँदै।

पुजा आज के के भो नारान्थानमा राम्रो था छैन आफुलाइ जस्को
दर्शन् गर्नु थ्यो उस्को त ब्यानै गरियो मौका दिए पुजा अर्चना गर्न
नि तयार् थिएँ। स्वेता सुनिता सङ्ग अनि म चै यसो उसो गर्यो
तिनिहरु सङ्गै हुन्थेँ - के गर्नि इच्छाको बन्दि भए पछि?

ऐले सम्म यसो दुइ चार् कुरा भए होलान् स्वेता सङ्ग तर खास्सै
तुरुप् हानेर कुरा गर्ने मौका मिल्या थिएन --- कैले के आइलाग्नि
कैले को आइलग्नि ले गरेर मौका बिच्काउथे - रिस् पनि नउठ्या हैन तर
उठेर केइ न केइ ---
 
Posted on 11-07-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

----
मन्दिरबाट यता र उता एकछिन् बरालिएसि एका तिर लागियो र एउटा
खेताँ पिक्निक् गर्ने निस्चित् भो। सधै त्यतै तिर गर्थे क्यारे। आफु त
उहिलेइ एक् चोटि आ हो अनि ऐले नि त्यै स्वेता आउनि भे र आ नत्र बाङ्गेले भन्या जस्तो के खान आउनि?

त्याँ खेताँ पिक्निकको तयारि हुदै थ्यो समय खै कति बज्या थ्यो
कुन्नि आफुलाइ त स्वेता छेउ परे न्यानो हुन्थ्यो नभए घाम् लाग्या भे
नि चिसो चिसो लाग्थ्यो।
सुनिताले मलाइ स्वेता र स्वेतालाइ मेरो बारेमा प्रशस्तै भनिसकेकि
थि यसैले उ सङ्गै स्वेता सङ्ग कुरा गर्न मलाइ बिशेष धक् थिएन। बरु
भन्ने हो भने सुनिता सङ्गै हुदा मलाइ सजिलो लाग्थ्यो स्वेता सङ्ग
कुरा गर्न-

बल्ल बल्ल धेरै मेहेनत् गरेर खेत् को एउटाछेउमा सबै जनाको
हुल् भन्दा पर म, सुनिता र स्वेता बस्न गयिम्। अफ्नो मन् खहरे
जस्तो कैले गड्गडाउथ्यो कैले सुक्थ्यो। हरेक् चोटि स्वेता र मेरा आँखा
जुध्दा रहरमा नुहाएक खुशिहरु हजारौ फिलिङ्गा बनेर छरिन्थे
- म पुलकित् हुन्थेँ।

"मलाइ खोला--- पानी एकदम् राम्रो लाग्छ त्या खोला सम्म जाम्न"
स्वेताले भनि -एकछिन् यता उताका कुरामा भुमिका बाधे पछि।

म त उठि हालेँ जानलाई - सुनिता चाइ मलाइ मन् छैन भन्छे बा!
"तँलाइ कस्ले सोध्या छ र मन् छ छैन भनेर --- ल हिन्"
मैले आदेश् दिए।
"तिमिहरु जावो न ---" उस्ले हाँसेर भनि - स्वेताको अनुहार् सुर्योदय
अगाडिको पुर्बी आकश् झै भयो मेरो नि मनले बार बजेको तोप् हान्यो
-ड्याङ्ग!

सुनिता लाइ मैले हात् समातेर उठाएँ - अनि खोला तिर जान
ठिक्क पर्या हुल् बाट एउटा नातेदार् जान्ने भए "ए काँ जान ला हँ
तिमेरु?"

"काँइ हैन ति खोला सम्म" मैले कुइना ले छ्यास्स हाने पछि सुनिता
बोलि।

"ह्याँ खाने बेला हुन लायो काँ जानि खोला तिर -- पर्दैन आओ"
नातेदार् अरु जान्ने भए।

जाँ जान ला भे नी उन्लाई आउन त भन्या थे न यस्सै भाँजो हाल्न खोज्न त भएन नी।

"एकै छिनमा आउनि हो ---स्वेतालाइ हेर्न मन् लाग्यो रे क्या खोला "
सुनिताको जवाफ् सङ्गै हामि छिटछिटो हिनिम्। मैले आफ्ना बेहाल् आँखा स्वेता
तिर फ्यालेँ उस्का चन्चल् आखा पनि मेरा सङ्ग ठोक्किए ---
मनमा बादल् गर्जिए - उस्ले आफ्ना मधहोस् मुस्कान् ले मेरा घायल् आँखाको
स्वागत् गरी - बिजुलि चम्कियो ---

"दीप् दाइ" सुनिता ले अलि आश्चर्यको स्वरमा बोलाइ।
त्यस्तो अलौकिक् स्थितिमा उस्ले हस्तक्षेप् गर्या मन् परेन मलाइ "के?"
मैले अलि ठुलो स्वरमा सोधेँ
उस्ले आँखाको इशाराले पुर्बतिर दुइ चार् वटा कान्ला माथि हेर्न
सन्केत् गरि। उस्को अनुहारमा हाँसो थ्यो।
हेर्छु त ---- बाङ्गे! निलो LT ज्याकेट् स्याकेट् लाएर।
रिङ्गटा लाग्ला जस्तो भो रिसले।

हामि तिर हेर्दै कत्ति न मुस्काउने भा थ्यो बज्या गुल्टियो एउटा
कान्ला बाट। हाम्रा मान्छे हाँस्न त हाँसे तर बाङ्गे देखेर कसैको
अनुहार् निचोर्या कागति जस्तो, कसैको आँखा गोल्भेडा जस्तो, कोइ पिरो
खोर्सानि टोक्या जस्तो ताल् माल् गर्न लाए। तनाब हाबामा फरफरायो।

"कस्तो लेवलै नमिल्या कान्ला रे छ" खोच्याउदै यता र उति धुलो
झार्दै आइपुग्यो बाङ्गे। उ आउनु के थ्यो सुनिता र स्वेता लस्कि हाले।
जे को डर् थ्यो त्यै भो।

बाङ्गेले जति ल्वाङ् चपाए नि ल्वाङ्लाई मिचेर भनम् कि सङ्गै
मिस्सेर भनम् ट्वाट्को सुगन्ध उस्को स्वासमा मैले चिनिहाले। मैले केहि
बोल्नु अघि नै जाँदै गर्या स्वेता प्रति सन्केत् गर्दै सोध्यो "को यार्?"

"को?" मैले नबुझ्या जस्तो गरेँ।

"ऐले फेरि उल्टो मलाइ को भन्दा त ---" बाङ्गेले नातेदर् हो हैन त्यो
पैला बुझ्न खोज्या प्रस्टै थ्यो।

"था छैन" मैले भने।
"उसो भे मै सोध्छु त" - बाङ्गे त लस्किन्छ बा स्वेता तिर।
"ए बाङ्गे ए" हस्तछेप् नगरि भो?--- ट्वाँटको सुरमा बाङ्गेले के के
सोध्नि हो के के ---के ठेगान्।
किन अन्मरिस् भनेर नि सोध्न नपाइ - उस्को जवफ् दिन तिर लाग्नु
पर्यो "स्वेता" भन्दै।

"को स्वेता?" बाङ्गे लाइ परिचय पुगेन।।

"सुनिता साथि को अब?" मैले नि झर्केर भने -

"एएएए! त्यै भेर पो मलाइ हिजो सोध्धा आउन मिल्दैन भन्या रे छ
थुक्क पातकि! "बाङ्गे पो उल्टो रिसाउछ म सङ्ग। मेरा मान्छेले
त्यसरि बाङ्गे आएसि मैले बोलाको भनेर म माथि खनिने पक्का थ्यो।
बाङ्गेलाई मैले
नचिन्या हैन - कतै फन्दामा पर्यो कि छेउमा जो छ उसैलाई दोष
लाइदिन्थ्यो बिना हिच्किचाहट् अनि दुइ चार् टा पस्पति भस्म बिद्यानास्
जस्ता किरियाहरु नि थपिदिन्थ्यो --- आखिर् भनेर न भस्म हुइने न
पढ्या बिर्सिनि रे छ के को डर् भन्ने बाङ्गेले उइलेइ बुझि सक्या थ्यो।
त्यसैले कसैले त्याँ बाङ्गेलाइ किन आ भनेर सोधेको खन्डमा
"दीप्"ले आइज भन्या थ्यो अनि" भन्ने निश्चित् थ्यो बाङ्गेले।

"तँ रक्सि खा र आ ह्याँ?" मैले अलि रिसाएर सोधे।
"अब तैले ह्याँ खान पाइदैन भन्या हैन त?" बाङ्गे रक्षात्मक्
भो। मैले घुरेँ मात्रै।

"किन र बास् आउछ? उल्टो सोध्छ बाङ्गे।"
"अनि के त?" मेरो रिस् मरेकै थिएन। ज्याकेट् भित्र इशारा गर्दै
देखायो -"तँलाइ नि ल्याइद्या छ"
लौ मार्यो ---- बाङ्गे त बोतलै बोकेर आएछ ---
यो बाङ्गेले ठुलो समस्यामा पार्छ एक् दिन् जस्तो लाग्थ्यो सधै त्यो
दिन् आजै रे छ जस्तो लागो मनमा।

"किन आ तँ ह्या?" म अब स्वेता सङ्ग कुरा गर्न पाइएन भन्ने
भन्दा पनि अफ्नो जात्रामा के के तमशा हुने हो भन्ने पिरको
भुमरिमा परिसक्या थिएँ। बाङ्ग्या सङ्गत् नगर्नु भनेर घरमा भन्या यति
चोटि हो भन्ने हेक्का छैन।

अब के गर्नि त बाउ टुरमा गै हाल्यो --- रक्सि चुरोट् सय रुप्या
सप्पै झ्याप् हानेसि घराँ बसिरनि कुरो भएन - सुपरि काँ गा
पाटन मर्या रे छ ट्वाक् का पुगिँ त्यो नि रैन्छ -त्यस्को बैनिको दर्शन् नि
पाइएन सित्तैमा त्यस्को बाउ झर्कियो म सङ्ग --- के नि -
साथिहरुलाई नदि एक्लै खान नि मन् लागेन ----अनि आए नि यतै-यता नि
ऐले आ हो - खोज्दा खोज्दा - धन्न यो माल् हरिप् रे छ यार् गुलियो
गुलिओ नि छ --- लाउदै खोज्दै गर्न सजिलो भो---
झन्नै फर्कि सक्या थें - यता तिर लास्ट् ट्राइ दिन्छु नभए फर्किम्ला
भन्या ठ्याक्कै भेट् भो - पर्साद् सर्साद् खाइस्? बाङ्गेले प्रश्नमा
उस्को कुरो बिसायो।

मेरो आमा हामि तिर आइन्। बाङ्गे उनको पनि नातेदार् टाढैको भए
पनि -"के गरि र हँ तिमेरु ह्याँ? स्वर् निक्कै रुखो थ्यो उन्को --- बाङ्गेले
ङिचच दात् देखायो--- "के छ बाबु?" आमाले नरम् सङ्गै सोधिन्
बाङ्गेलाई। टाउको मात्रै हल्लाएर ठिक् भाको सन्केत् गर्यो बाङ्गेले।
आमाले मलाइ भने अलि पर तिर घिच्याउदै झै लगेर सोधिन्
"किन बोलाको तैले यस्लाइ - उता सबै रिसाइराछन्"

मैले बोला हो र, आफै आयो ।।। मलाइ बिनाबिथ्थामा दोश् ला मन्
परेन.

जा पुर्याएर आइज यस्लाइ --- बस् चढाएर आइज --- कुरो मिलाएर
भन्---आमाले सल्लाह् दिइन्।

बाङ्गेलाई थाहा थ्यो उस्को आवागमनले बाताबरण हल्लाको तर त्यस्ता
कुराले उसलाई खासै फरक् पर्दैनथ्यो --- मैले बाङ्गेलाई तैले
ट्वाट् खार आ बैनि ले थाहा पाइछ फुपु रिसाइन् रे --- हिन् - भनेर
लादै थिए --- फुपुले बिचाँ बोलिन् फेरी--- भैगो पुजामा आको पर्साद्
खार जानु ---

मेरो बा कुन् बेलाँ पड्किने हुन् जस्ता देखिया थे त्यै भे र
बाङ्गे र मैले भटा भट् पर्साद् खाइम् --- स्वेतालाई मैले झल्याक्
झुलुक् मात्रै तर बाङ्गेले भने धेरै चोटि घुरेर हेर्यो ---

खाइसकेर हिन्दै गर्दा बाउ गर्जिए --- कता नि सवारि सरकारहरुको?
बाङ्गेले त सुन्या नसुनेइ गर्यो मैले चाइ बिस्तारै त्या पर्तिर सम्म
--- आउँछु म फेरि भनेँ --- पर्दैन आउन जता जता मन् लाग्छ
उतै उतै जानु --- बाउको हुकुम् पछाडिबाट आएर ठोक्कियो कानमा।

"त्यो स्वेता भन्नि त उग्र रैछे यार् --- का बाट फेला परिस्?"
बाङ्गेले मौनता तोड्यो -

"काँ बाट काँ बाट अब ---" म अलि झर्किए ---

"किन रिसा तँ झन् हिँ सम्म ल्याइदिए ट्वाट् --- पान् से पच्पन्न नि
छ --- त्या अलि पर्तिर गएर सल्काम्ला क्या तल् तल् लागिसक्यो आफुलाई
--- " बाङ्ग्या कुरा त्यस्तै हो ---

"बाउ रिसा सुनिनस् तैले --- खालि आफ्नै सुरको कुरा गर्छस् तँ चाइ
"--- मैले भने।

"लौ, बाउ रिसाउनि त्यस्तो त कति कति -- त्यस्ता सना तिना कुरामा अल्झेर
नि जिन्दगि चल्छ ---" बाङ्गे झन्नै दार्शनिक् भो।

"बाङ्गेले पछि फर्केर हेर्यो र चुरोट् झिक्यो --- एए बाङ्गे त
बौलाइस् कि के हो --- देखे भने मार्दैनन्?" अफ्नो डर् बाँकी नै थ्यो।

यस् पटक् पछाडी नफर्कि कनै भन्यो "कल्ले देख्नि?-- छेकि सक्यो ---" मैले नि फर्केर हेरे हो रे छ।

पान् से पच्पन्न रे छ गैडा सैडा भे त तान्दैन थेँ होला --- ५५५
लाइ नाइ भन्न सकिन --- रहर् पुर्याये --- आनन्द भो --- अब बाङ्गेले
झिक्यो ट्वाट् -- त्यस्को बाउले बिदेशाट ल्याको रे --- फल्फुल्को रस् रे यो
-- धेरै प्योर् भा भे र मात् लाग्या जस्तो हुनि रे -- ल घुट्क्या ---
बाङ्गेले सानो परिचय सङ्गै ट्वाट् दियो।

अलिकति हिच्किचाइयो पैला अनि घुट्काइयो --- मीठो मीठो जस्तो नि
लाग्यो टर्रो टर्रो जस्तो नि --- तर धेरै चाइँ मीठै लाग्यो भनम् न
भन्नु पर्दा---

अरु खान्न भन्दा भन्दै अलिकति त खाइहालियो अब त्यत्तिकै फर्केर
जाने कुरो भएन -- सास् ले गति छाडि हाल्थ्यो --- के गर्नि के गर्नि
त्यस्सै अलमल् अलमल् गरियो --- बाङ्गेलाई तँ बसमा जा अब भन्या
पख न के हतार् --- यो सक्काम् अनि जाम्ला भन्छ। आफु चैँ च्या पत्ति चपाउन पा हुने भनी सोच्तै थेँ --हेर्दा हेर्दै सकियो बोतल् पनि चुरोट् नि तानियो टाउको नि भारि भो
बर्बादै होला जस्तो भो ---

दिउसै साँझ् पर्या जस्तो देखिन्थ्यो -- मैले बाङ्गेलाइ तँ अब जा
--- ह्याइ देखे भने मेरो जात्रा गर्छन् भनेर सम्झाउदै थिएँ "---
ल ---- ल --- बस् पनि आयो म जान्छु --- भोलि आइज म काँ अरु
नि माल् छ" भन्दै बाङ्गे बस्लाई हात् हल्लाउन थाल्यो चुरोट् चाइँ
अझै तान्दैथ्यो।

बस् रोक्यो बाङ्गे यता र उता झुम्दै पछारीन्छ कि झैँ गरी पुग्यो बस् चड्न म नि बस् सम्म
पुर्याउन गए के ठेगान् बाङ्ग्या भनेर ---तर जमिन् जम्मै हल्ल्या
जस्तो भो --- हिन्नै गार्हो---

राम् राम् राम्! भो अब! कति छिट्टो आएछन् ---बस् त फुपुहरुको पो रे छ ---

आफ्ना मान्छ्या हुल् त भित्रै --- आफु त सिताङ्ग भैयो --- बल्ल बल्ल
ढोका समातेर चड्न खोज्या बाङ्गेले नि सबैलाइ चिन्यो अनि तुरुन्तै
लर्बरिएको स्वर्ले भन्यो --"यो दीपलाइ नि जाँड् रक्सि चुरोटले फाइदा
गर्दैन न खा भन्यो मान्दैन --- सित्तै पर्साद् खानि ठाममा नि लिएर
आइज भनेर मलाइ पाप् लाग्ने भो --- जै नारन् रक्षे गर--- चुरोट्
पनि सल्काउन मात्रै लायो ---- ए ला --" भन्दै चुरोट् म तिर पो तेर्साउछ बा
बाङ्गे त ---

बस् भित्र त जो हेर्यो उहि काल् भैरब् जस्तो देख्छु ---

अत्ति भो - सासै अड्केला जस्तो --- कात्तिकको चिसोमा पनि पसिना आए
छन् ------ मुटु छाति भित्र भुक्लुक्कै उम्लेला जस्तो गर्दो थ्यो
---खप्नै सकिन --- दिन् त यस्सै नि मच्मचाउथ्यो बाङ्गेले ---अब हुँदा हुँदा बज्याले
राति पनि हाहाकार् मच्चाउन थालेछ बा! अनि के त? घडि हेर्छु त ४:३५ भएछ ब्यान्को।

खत्तमै गर्नि भो!
***************** ******************** ******************* ***********
(र्हस्व दीर्घको बिषयमा लेखाई नितान्त भद्रगोल छ। र्हस्वको भरमार बाहुल्य प्रस्टै देखिन्छ। कम्जोरीको लागि क्षमा प्रार्थि छु। )
 
Posted on 11-07-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खत्तम नै भो नि, दीप ज्यू, काम चोरेर पढ्दा पढ्दै खित्का छुटिहाल्यो, जागिरै जाला भन्ने पीर। यो बाङ्गे बज्याले मलाई नि सताउला पो जस्तो छ त है,

अति नै रमाईलो भो धेरै दिन पछि पढ्न पा'को बाङ्गे महिमाले

अरु नि चाडै आओस
 
Posted on 11-07-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
Wow..wow Deep Ji !
You made my day!!!!!!!!!!!

Cheers,
 
Posted on 11-07-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ..
कति हाँस्नु गाँठे! साह्रै मजाको गयो दीप प्रभो!
 
Posted on 11-07-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha..funny as always, Deep Jee!!

Keep Writing :-)
 
Posted on 11-07-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very funny, कति हाँस्नु साँच्चै।
 
Posted on 11-07-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यो,
साह्रै हँसाउनुभो, कस्तो मिलाएर वास्तविक चित्रण गर्नुभएको, अत्यन्त मनोरन्जनात्मक एवं खुल्दुलीपूर्ण।
 
Posted on 11-07-06 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै रमाईलो लाग्यो पढ्न दीप पर्भो! अरु पनि पढ्न पाम्। यो बाङ्गे भन्ने मुन्छे कस्तो र'छ, एकबाजी भेट्न मन लाग्यो।
 
Posted on 11-08-06 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित्का छोडुम्, ब्यान्को २:२० मा बुढी ऊठ्ला भन्ने पीर, नछोडुम्, खित्कैले थिचिएर कम्पुटर डेस्क मै प्राण जाला भन्ने त्रास! भो त अब? मेरो बिडम्बनाको दोष बाङ्गेलाई दिम् कि दिपेलाई? त्यै दिन नारन्थानको बिष्णुले भस्म गर्न नसक्या नकचरो मुर्दारहरु! :p :D

मरिजाम् हाँसो रोक्दा रोक्दा मुन्तिरबाट फुस्किन लायो!

पर्भो!!!!! कृपा गर!
 
Posted on 11-08-06 2:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो
क्या हसायो भने बिहान बिहान रमाइलो हासो को खित्का सङै दिन सुरु भो

हासो थाम्नै सकिन बा
 
Posted on 11-08-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep is one of the people who makes visiting this site worthwhile.. I am a dedicated fan of him.. Keep writing..
 
Posted on 11-08-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो
क्या हसायो भने बिहान बिहान रमाइलो हासो को खित्का सङै दिन सुरु भो

हासो थाम्नै सकिन बा
 
Posted on 11-08-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MAN! OH MAN! YOU REMIND ME OF MYSELF AT THAT AGE.
VERY INTERESTING.
I THINK EVERYBODY SHOULD HAVE FRIEND LIKE BANGE. YOUR STORY REMINDS ME OF MY DAKSHINKALI PICNIC.

JAI HOS!
 
Posted on 11-08-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai pachi Deep ko katha padhna paiyo. Majja aayo.

Lau na, Deep, dherai laamo samaya samma haraunu bhayena. Lekhum na regularly.

Thelum hai thelum, hostey, haisey.

ps - Deep, laasta ko alik bujhiyena. Bihana ko 4:35 kasari bhayecha?
 
Posted on 11-08-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepji, another nice piece. Deep without bange is flower without nectar....I'm one of the fan of you Deepji. Poonte's comment made me laugh.....Jhandai mero pani fuseko;)
 
Posted on 11-08-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poor Punte, Deep, really enjoyed it. Made my day..thanks !!
 
Posted on 11-08-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै हँसाउनुभो, हा हा हा .. कति हाँस्नु गाँठे....कस्तो वास्तविक चित्रण गर्नुभएको।

दीप जी, हजुर् को लेखाइ को अर्को पंखा (प्रशम्शक) म पनि हुं। लेख्दै गर्नु होला।
 
Posted on 11-08-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D

आजको दिन हाँसेरै बित्ने भो
 
Posted on 11-08-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइ अति..अति..अति.. भयो नि यो त, खतमै भयो, नहास्नु पर्ने ठाउ मा हासो खुस्केर !त्यो पनि एक् पटक् हो र बाङ्गे गुल्टिने....स्वेता लस्किने ...अनि दीप् को अनुहार् कागति निचोर्या जस्तो हुने, हरे यो कमेडि triangle घरि घरि दिमाग् मा आएर खत्तमै पार्यो भन्या।

enjoyed every word !
waiting eagerly for the another episode of BANGE PURAAN.
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters