[Show all top banners]

Ishwor
Replies to this thread:

More by Ishwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 BHAUTE HARAEKO SUCHANA

[Please view other pages to see the rest of the postings. Total posts: 241]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 121159 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 08-18-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.

 
Posted on 09-06-05 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, मैले त सर्वप्रथम त पुण्टे दाजीलाई नमस्ते गरे है, हैन दाजी ढोगें जो । हजुर त सिद्दै जो हुनु हुन रैछ ।

हजुरले जे जसरी सपना देख्न भन्नु भा को थियो नि, ठ्याक्कै तेसरी नै सपना देखे बाई मैले त । बरु दाजीले जति कुरा सपनामा देख्न भन्नु भाको हो, त्यति मत्रै देखे, त्यहा भन्दा उता त केई पुनि देख्न नै पाईन। तेसो भएर लौन हे पुन्टे दाजी, आज चईनी हिजो भन्दा अलिकति भा नि बढ्ता कुराको अपुर थोक अपुर थोक पुनि भाको अलि रङिलो सपना देखेस भन्दिनुस है, सत्त परमेस्वरऽ । दाजीले भनेको ठ्याक्कै पुग्नी, पुरै लाउनी के ।

अनि दादा, तेस्तो रात-बिखय उठ्न भन्दा त पुन्टे दाजी सित सपना देख्नी बर मागे जाती भा हुदो हो केरे नि त, ठ्याक्कै पुराम्छन केरे सपनामा भा पुनि । तेत्रो बात मारेर पुनि न्यू-युजरले केही पुनि जवाफ फर्काम्नु भएन । आर्का दाजी पुनि आम्नु भारैछ, हर्के दाजी, नमस्ते है । हिलाम्मे हुनु हुँदो र?च केरे, भक्खर खोक लाएर आए जस्तै ।

अनि ए फूलमुति, तिमीलाई त धुसेनीको बनाँ भकिम्लो खान आउ भनेको कहाका बनाँ गाकि नि तेस्तो डरलाउदो । तेहा त न भकिम्लो छ, न केही छ । उतिका नाममा खनियाको गेडो पुनि नपाईनी, अझ के को खनियो हुँदो हो, टोटे, बेडुल्लो, निमारो, अमारो धरी नपाईनी तेस्ता ठाममा पो गईछौ त। हईन, तेहा जानी पुनि क्यारी हो र, बाटो घाटो त देउदिन है मेरा चरले त, तेहा त उही खुदे किरा र ढेडु बाँदर जस्तै बनकर बस्नी ठाम जस्तो छ, फेरि तेत्रो दरबारै जै पुनि छ । तेस्तो भिरको माझाँ, तेस्तो कहेराको छेउमा क्यारी बसेई हउली नि, के खायेर पालिएइ हउली, मेरा त मनै आमिलो भओ । कल्ले पार्यो नि तिमलाई येस्तो बिलखबन्देमा ?

अब जे भा नि, तो ठामको लाटी-लुङ्गी (LATItude, LONGItude) दिनी हो भनी म चईनी पुल हाल्नी मुन्छे केरे, पुलै बाँधेर भा नि आम्ला केरे, नत्र तिम्रा बाटा 'ट आसै मारे भओ केरे अब। हईन, भउतेले कता हो, ईरोप भने झै सुने मेरा कानले, तेसो भा अँधेरोमा एउटा ढुङ्गा हानम है त । फूलमुतिलाई लागे "उई (oui) " भनेर चिच्याम्ली केरे, नत्र केही पुनि नसुनियेला केरे। हे ऽरी मैले ढुङ्गा हाने है त - "केऽल्लाङ्ग पा:ऽर्ले भू:?" नत्र भनी अब देखुन तिम्रा आसा मारें केरे ।

Keep rolling...

 
Posted on 09-06-05 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री,
ताधी मैले सोध्दा उँदी *Moi From Moi place(मोही पारम मोही पेलेस्।)* भनिन् केरे।

के भन्न खोजेकी हुन् कुन्नि। बुझ्या भे मरिजाम्।


 
Posted on 09-06-05 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो दादा,
फूलमुतिले ताधी एउ फेरा मलाई नि कोनि के तेस्तै जतेमे हो कि जत्तेम मत्रै हो कि जतेमराय हो कि तेस्तै जटामरी जस्तै के हो के हो भने झै त मानेको थें क्या मैले नि ।

आफू त पुन्टे दाजीका शरणम, लौ खा, दाजीले सपना देख भनेसी के के देखिन्छ के के ।

Keep rolling...
 
Posted on 09-06-05 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर यो सिर्राम के भा को , मैले अस्तिनै भनेको होइन त्यो फुलुको चर्तिकला । ह्वा शहारा फिलिम हेर्न पल्केकि फुलुले नामै रोजि भनेर राखिचन केरे । अब तिमी केलाइ पछिलाको त नि । तिमी हामि गाम्लेले उतै गामतिरका मुइया, अउसरा तेस्तैलाइ फकाम्नु पर्च क्या । मैले त मेरी अउसरालाइ भनेर कति मिठो बसाम्नि चमेलिको तेल किनेको छु अलमाटा ( वालमार्ट ) मा गाएर । मैले त त्यो तेल कसरी लाउनी राम्ररि थाहा पाइ सके नत्र फेरि मेरी अउसराले त्यो बसाम्नि तेलले रोटी पकाएर खाइ भने बित्यास पर्छ क्या । तेल्लाइ तिजां एउटा मिडि किनौ भनेर गको भिकेमटिरियामा ( भिक्टोरिया सेक्रेट ) छ्या छ्या त्या मिडि त कट्टु भन्दा पनि छोटो । आफैलाइ लाज लायो, अब कुर्कुच्चा देखिदा पनि लाज मान्ने अउसराले के लाउली भनेरा रङ मन परेको पनि फ्यात्त फालेर आए ।
सारै माया गर्चे के मलाइ , ह्वा आज मलाइ भनेर बर्त बसेकि छ रे । मलाइ माहादेब जस्तै होस भनेकि छ रे । मैले झन त्यो गाजा खाने माहादेब भन्दा म नै ठिक, बरु बर्त नबस भनेको त अब तिमि देउता भन्दा पनि ठुलो भयौ पो भन्चे गाठे । क्यार्नि आफ्नै पियारि परि , रिसाए पनि राम्रै लाग्छ के मलाइ त ।
 
Posted on 09-06-05 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, सिरेदाई,

पुष्पी मोरी त हामेरु सँग लजाएर हो कि कुन्नि, उss त्याँ असुराका झ्याङाँ लुकेर बसिरा'कि छिन् ल।

सुsss अर्न पो गा'की हुन् कि कुन्नि।

एकछिन एतै चिलाम्नेका रुखहुँदि कुरम् के रे। अल्खेराँ आम्छिन होलिन् नि।

:)
-भउते
 
Posted on 09-06-05 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन भाई हो, म त फूलमुति सित डराएँ केरे, जल्लाई पुनि आँखा झिम्क्याम्दि र 'चन । भओ भो, मैले त नम्मे को अर्ती मान्नी भएँ, लौ जा । अझ नाम पुनि रोजी अरे ? हँ ? हईन तिमलाई के के मत्रै रोजेर नपुगेको हो, अब नाम पुनि रोजी अरे, तो पनि रोजेरै राखेको अरे । म त अब जति हुन्छ, पुन्टे दाजीले भने जैं सपना भनी देख्नी, अर्थोक नअर्नी । कस्सम ल, जनैले खानी ।फूलमुतिलाई अब नपछ्याम्नी ।

भउते बरु जमुनिले क्यारी छ हिजाऽज ?

माथि डाडाघरे सेतीले पुनि आज त अँउरेजी कुरामा के के भन्दै थिई बाई । मैले त के भन्नी के भन्नी, फेरि खुशीको नि सीमा साँधी भएन केरे सेतीले बोलासी, अनि ४ कक्षासम्म पढेको जम्मै अउँरेजी एकै सासाँ भन्दे , कन्ठै थियो केरे उ बेलाँ घोकेको " हेल्लो किलास, गुड मर्निङ सर, हाउ आर यू, फाईन थाङकु " भनेर ।

त्याँसी त मुसुक्क हाँसेर हात हल्लाम्दै "भाई भाई " भनि केरे। म त आज तीजको दिन, ठीकै छ भाई नै बनाई भन्ठानें। बरु भन्न भन्न दाई भन्या भे नि हुन्थ्यो, म भन्दा त कान्छी नै थिई केरे भन्ठानेको त झल्याँस्स सम्झे फेरि "बाई" माने त अब घर जाम भनेको हो । अनि मैले नि "हुन्छ तिमी र म तिम्रा बाई" भनेको फेरि हाँसेर "बाई बाई" भन्दै गाकि छे। लौन, मलाई त अउँरेजी सिक्न पाए पुनि डाडाघरे सेतीले पछ्याम्थी कि भन्नी आस लायो । कोई हुनु हुन्थ्यो कि सईं साथे टिउसीनै पढाम्नी भा नि हुन्थ्यो ।

Keep rolling...


 
Posted on 09-06-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेपोलियन,
डाँग्रेका चल्ला कत्रा भए होलान् अस्ति संशरबार देखुन मैले त हेरेकै छैन, बेडुलाका बुटाऽ टुप्पाँ सारेओ छ केरे। त्यो खुट्टामा धागो बाँधेको डाँग्रे त बिहान हाम्रा गोठमाथि थियो नि। तिम्ले अस्ति फुत्काइ हालेऊ केरे पाल्नी भनेर छोपेको।
अनि सुन डाँडाघरे नानी, आफ्ना गामको फोटु ह्याँ टाँस्नै पर्च नि फेरि।
अहिले बसेका गामको भए नि हुन्छ।

म्याउटीस रोजको एउटा बानी साह्रै राम्रो छ के। घरि घरि मत्रै आम्नी। नत्र त भेलु घट्छ नि त। आज दतिउँन खोज्न गऽकी हुन् असुराका झागंमुनि। हेर ती सेऽता दाँत झन सेऽता पार्छु भुनेर एकैचोटि १०८ वटा दतिउँन मुखाँ हाल्नी पो भन्छिन् बा। "हैन, के को प्राक्टिस हो?" भनेर सोधेँ। "ब्रत बस्ने प्राक्टिस हो के" भन्छिन् बा।
 
Posted on 09-06-05 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेदाई फूलमूतिका पचि लाग्याछन् भुनेर हल्ला चलेछ गाम्मा। मैले मात्रै हिरिक्कै गरेर क्यार्नि, उनि चै जो देख्यो त्यसैका पचि लाम्दै हिड्छन् भनेर रुन्छे कि जस्तो अरेकि थी जमुनी।

जमुनीले मसँग देशाँट आम्दा म्याउसी ल्याइदेउ है भउते दाइ अब मेरो भुनेको तिमि मात्रै त भएउ नि भुनेर भुनेकी थी। म्याउसी त पाइन, तर सललललल परेका चिप्लो गुनियाँ लग्देको। ४ फन्का घुमाम्दा नि एताट उता छ्याङ्गै देखिनी भुन्या। झण्डै ढोकाका आग्लाले मेरा खप्पराँ बजारिन ल।

भित्राट खद्दरका पेटिकोट ला'सि ठिक हुन्छ, भुनेर बल्ल बल्ल सम्झाको मैले।

:)
-भउते
 
Posted on 09-06-05 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफ मत्रै कति अर्नी हो। फोटु नि हेरुम् न।
Tokyo Bay Line!

 
Posted on 09-06-05 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होलान खुप्पै
हईन बारे । जमुनिका बाले मलाई "सिरे, यो रिडीको बर्को पुनि पातलो भओ, अब यउटा दोलाई सिलाम्न परो, मलाई एउटा दोलाईको लागि हुनी लुगा पठाईदिनुस त, जमुनिका हात पैसा पछि पठाईदिम्ला " भनेर ताधी जो भनेका, मेरा पाला अब उस्तै परे ससुरा जो हुनी, तो दोलाई फेरि गोरधुवामा आफूकहाँ नै आउनी भनेर किने । ठ्याक्क भौते पुनि तीजलाई कपडा किन्न भनेर फाँटका बजाराँ आका रहेछन, अनि भौतेसित संगै यो दोलाईको कपडा तपैंका ठाईलामाँ लाई दिनुहोला भनेर पठाईदेको । जानी बेला "जमुनिका कुरा मिलाम्नी भा एउ फेरा शिब-बुटी फेरि चखाम्नुस केरे " भनेर भनेका थे । ढुस-ढुस ती रउसी त बसाका थे, तेई पुनि भनेर आफ्नो काम गराम्नै परो भनेर एउ चिलिम गाँजा पुनि तान्न दिएँ। घर गेर त जमुनिलाई फरिया भनेर जमुनिका बाको दोलाई बनाम्नी कपडा कछाईदिएछन, हेर उल्का । अब क्यार्नी हो ?

Keep rolling...
 
Posted on 09-06-05 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलमति नाच्दै!

 
Posted on 09-06-05 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टोक्योको एउटा अग्लो घराट खिचेको, तल हेर्दा डराएर हो कि कुन्नि, हात कामेर फोटु त यस्तो आएछ।

 
Posted on 09-06-05 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन तिमी त प्यारासुटबाट हाम्फाल्दै फोटु खिच्छौ कि क्या हो? प्यारासुटको छातासाता बिग्रेर क्यामेरा झरेर फुट्ला नि फेरि।
 
Posted on 09-06-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सिर्राम को बुद्दि फिरे छ । दादा ले पानि ठ्याक्दै पारे , घरि घरि आए पो भेलु बढ्छ !
दादा डाङ्रेका गुड बेल्लाको रुखमा होइन कुटमेराको रुखमा हो । बेल्लाको रुखको त जुरेलाको हो तिनटा बच्चा छन। डाङ्रेका बच्चा त अलि अलि प्वाख पलाका छन । नरिसाउन दादा त्यो डाङ्रे मैले जानि जानि काहा छोडेको हो र , त्यसको चुचोले मेरो हात छिया छिया पार्यो अनि त छोड्नु परिहाल्यो नि । पाल्नि नै हो भने तिमिलाइ पकरदाम दिम्ला ।
अब फुटा त टासि हालचु नि । कस्ता कस्ता फुटा छन् ।
ऐ भउते तिमि त के हो ह्वा पुलचुक क्यामपासा त राम्रै लाग्थयो तिमिलाइ यो साझां त के के को बापत पो लाउचन है ।
 
Posted on 09-06-05 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेरु नमे को गाउ ।

 
Posted on 09-06-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चै साच्चैको फोटा , डाडाघरे नमेले दइ मोथ्दै अरेको ।

 
Posted on 09-06-05 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख डाडाघरे नम्मे, जाद्रै हरेस नखाउ, तिमलाई नी एउटी पुट्ठे मेउसीकाने (mexican) खोजम्ला केरे, क्यार्न छटपटाका छउ ?
Keep rolling...
 
Posted on 09-06-05 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐ सिरे काको हल्ला अरेको फेरी अउसराले थाहा पाउली र कुरो बिग्रेला । बरु हाम्रा दइ मथेको छ मइ लिन आउ । बकेर्नु भैसि को मइ हो के खासा को छ ।
'तिम्रो माया हामिलाइ हाम्रो माया छैन तिमिलाइ ' भनेर हाम्रि हजुरां भन्थिन केरे , मलाइ पनि त्यस्तै त्यास्तै लाग्यो के फुलु को चाला । क्यारचौ तनि लौनि मान्छै भसि , एउटा थाप्लामा त दुइटा नाम्लो लाउनु पर्च, तिम्ले त नाम्लो लाउन खोजेको मत्रै होउ ।
 
Posted on 09-06-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले फूलमुतिको चईनी सप्पै साईकोलोजी बुझेको छु हेर सईंहुर हो ।

फूलमुति जसका मेलाँ गए नि आफूलाई मन परेको १-२ वटा लईन सार्चे (कापी - पेष्ट अर्चे), अनि त्याँट मुन्तिर खुरुरुरु -------------- जस्तैले अण्डरलईन अर्चे , अनि पुछाराँ आफ्नो थुतुनो कता फर्केको छ, तेस्तै चित्र बनाम्छे, जस्तो :-) हुन्च कि :D हुन्च कि :P हुन्च कि के कस्तो हुन्च ।

अब मेरा कुरा चईनी सुन फूलमुति । तो चईनी कस्तो भओ भनी जता जता भेल जान्च, तेसै सित बग्नी बानी हो, "जस्ट टु फ्लो विथ द करेण्ट, लाईक केयरफिरि " भन्थी तो मेउसीकाने पुट्ठेले पुनि । तेसरी चईनी आर्काको कुरो राम्रो लाएर आर्कालाई उक्साम्नु जाति जो हो, आर्काको बाट राम्रो कुराको प्रेरणा लिनु सिक्नु पुनि जाति जो हो, तर सधै तेसो मत्रै गरि रहनी र खसोखास आफ्नो भन्नी केही पुनि नभासि त कामा लाईयन नि, हो कि हैन ?
Its only dead fish who always flow with the current, live fish swim their own line.

Keep rolling...

 
Posted on 09-06-05 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर यो श्री ले फुलमतिमा विद्याबारिधी अर्न खोज्या।
*** *** ***
१- grrrrrr लेख्छिन् अनि Trademark भुनेर हकदाबी गर्छिन्।
२- साइकोलोजीमा यस अगाडि Popular-wild-wild-Romantic-Wild हो कि के नतिजा निस्क्या थ्यो रुइनाको धागोमा। मैले विद्याबारिधी अर्नी मनस्थितीमा नभाऽ हुनाले जम्मै त हेरिन।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters