[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 132586 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-28-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai chautarika saathiharulai "Hi" !!!

Sano Knachha,

Gundruk ra tama aha, malai pani patahidinus hai?
 
Posted on 04-28-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll no 3 Aaite
Yesssssssssssssss Misssssssssssssss
 
Posted on 04-28-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो सानो कान्छा त मेरो घर तिर को पो रहेछौ । मेरो भाइ पो रहेछ । मेरो बैनि पनि मोडेल अस्पताल मा काम गर्छिन उनि मार्फत थाहा पाएको थिये । सानो कान्छा तिम्रो केहि फोटो हरु म केहि समय पछि पठाइदिन्छु ।जे होस तिमि ले साझा चौपारि को नाक ठुलो बनाइदिएछौ । बधाइ छ तिमि लाइ , तिम्रो उत्तरोत्तर प्रगति लागि मेरो कामना ।
 
Posted on 04-28-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ले एक दम ठिक कुरा गर्यो कयनाम्। यो चौतारा मा पनि धेरै नै राजानिति हुन थाल्यो। आफु लै त येस्को बारेमा थाहा छैन तेसैले चुप् लागेर बसेको। हुन त देश को माया त लाग्छ तर के गर्नु मान्छे हरु बोल्छन् मात्रै हुने केइ होइन।शान्ति होस देश मा तेइ नै मेरो कामना छ।
 
Posted on 04-28-06 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-06 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चौतारिको रौनक साँच्चै हराको हो भन्या?
मुन्छे नै छैनन त?
कता लागे गाम्लेअरु?
 
Posted on 04-29-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौतारीमा आउन पर्नी मान्छे आएनन्।"

सानोकान्छा गीत फेरुम् कि।

:-)
 
Posted on 04-29-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब, किनो आरिगातो।
 
Posted on 04-29-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को धागोमा लेखेँ भन्या यहाँ परेछ।
 
Posted on 04-30-06 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनसान छ चौतारो
 
Posted on 04-30-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन हो किन हो यो चौपारि मा किन मान्छे आउन छोडे भनेको, लौ गाम्ले हरु कचहरि बस्नु पर्यो । किन मान्छे आउन छोडे ? लौन काका , जिम्माल बुढा किन हरायेउ भनेको ? लौ न हौ केहि त अर्नु पर्यो ।
 
Posted on 04-30-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गित ले गर्दा मन्छे न आएका हुन भने म गित हटाउछु । लौ न हो गाम्ले हरु आउनु पर्यो । पिपल को चौपरि पनि सुक्ला है । चौपारि मा फोहोर मैल गरेछन केरे ।
 
Posted on 04-30-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानोकान्छा पुगिसक्या हो?
 
Posted on 04-30-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त आफ्नो कर्मथलो मा आइपुगे नि त । हिजो यहा आइपुगेको । नेपाल बसाइ को बारे मा गणतन्त्र आयो भने मात्र भनुला कस्तो भयो भनेर ।
 
Posted on 04-30-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सानो कान्छा तिम्रो गीत ले सारै नै
रमाइलो बनाएको छ चौतारो लाइ
गीत झिक्नु हुदैन
खोइ किन हो सबै जना हराएत चौतारो बाट

लौ है यसो गफ गाफ गर्न आउनु पर्यो
 
Posted on 04-30-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, के हुदै छ यहा?
आजकाल गाम्लेहरु कता लागेछन् कुन्नि? एता त सुनसान पो छ त गाठे?
 
Posted on 04-30-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन हौ के भयो के को हडताल यो चौपारि मा कस्ले के अर्यो फेरि यो चौपरि लाइ किन मुन्छे को अनिकाल परेको हो कुन्नि मलाइ धेरै करायो भन्ने काका जिम्माल त नाक मुख नै देखाउन छोडे नि । कि गाम मा उपद्रो अरेछन हौ बुढा ले नाप्पिएका बुढा हरु को भर त हुन्न केरे । के भन्छन नि बुढो गोरु ले भिर खोज्छ बुढो मुन्छे ले निहु खोज्छ त्यस्तै त भएन । नाना थरि कुरा अर्दै हिडेका थिए होलान कस्ले हान्यो पक्का पनि ।

गाम्ले हरु हाम्रो चौपारि लाइ मया नमार्दिनु होला है भन्दै भारि बोकि घर तिर लागे म पनि सुभ रात्री ।
 
Posted on 05-01-06 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै मोरेछन यो गाम का गाम्ले हरु .......यो लाले दाइ ले पुनि के अरेको होला चौपारि १४ लम्बर मा पुगेको छ गयेर ११ लम्बर मा भारि बिसायेछ । सायद रौसि पिएर आएको थियो होला । अनि चौपारि लाइ कसैले पनि सफाइ अर्न छोडेछन केरे ।अब त म उर्दि लाउछु अनि थाहा हुन्छ । जति मया अरे पनि नहुने यि गाम्ले लाइ ।
 
Posted on 05-01-06 5:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautariko "arigato" ta kata kata sune jasto lagyo hai malai. Harek din ek najar ta dine garekai ho. Saathiharule bhane jastai aja bholi sunsan cha hai chautari. Gaunle haru kata harayechan ha? Nepal ta gayenan ganatantra khojnlai (just joking)??
 
Posted on 05-01-06 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल समय९० लाई पनि स्वागत छ चौपारीयाँ।

*** *** ***

अनि लाले मुक्तिनाथतिर गेऽर आऽछ कि कता गेऽर आऽछ कुन्नि तिर्थ अर्न परो भनेर गऽको भनेर भट्टयाए झैँ मान्थैँ, पल्ला चौपाराँ।
आएछ आउन त, जे होस्। तो धुपि सल्लो र निधारमा लाउनी गण्डकीको बालुवा ल्याञो कि ल्याएन तेल्ले?


*** *** ***
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters