[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 169642 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-08-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र ठुल्नानि,रोल्न् चोर् बडया छन् रे चौतरी मा ?
लै त मेरो चै २२ हो है ऐले नै भन्दिया छ ।नेप्चे पछि त म हो , डर् पो लाग्यो त मलाइ .
 
Posted on 08-08-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो रोल नम्बर त म भन्दा अगाडी को मान्छे ले चोरेको थ्यो।
तिमी चिन्ता न गर तितौरी, म तिम्रो रोल नम्बर चाइ चोर्दिन। चोर्नै परे ...ह्म्म.. अरु केहि नै चोरौला बरु।
:P
 
Posted on 08-08-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म न आएको धेरै भयो साझाम र चौतरिम पनि कति रमैलो भै रहेको रहेछ। ल सबैलाइ नमस्कार् छ।
 
Posted on 08-08-06 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! डल्ली फुपूऽऽऽऽ नमस्कार है! धेऽऽऽरै दिन पछि झुल्किनु भो नि चौतारीमा, अनि फुच्चे भाइ कत्रो भो? फुपाजुलाइ मेरो नमस्कार सुनाइदिनुस् है।
म त गएँ सुत्न, निद्रा लाग्यो। हाऽऽऽऽऽऽई
 
Posted on 08-08-06 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह् चित्रे भदहा अनि के छ हाल्-चल्। फुच्चे त अब् एक् महिना पछि स्कुल जने भयो ३ बस्रको भयो।ल अब बेला बेलाम एत आउनु पर्यो गफसफ गर्न। ल अब कह्हि हिडे।
 
Posted on 08-08-06 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह् होइ नेप्चे
तिमिले के चोर्ने सुर् गर्यौ हुँ? पख पुलिसाँ आजै रिपोट् गरौनु परो :P
 
Posted on 08-08-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी,

के चोर्ने सुर गर्या रे? अब पुलिसलाइ रिपोर्ट गर्न जान लागेको मान्छेलाइ थाहा नै होला नि के चोर्न लागेको भनेर। रिपोर्ट लेखाउदा थाना मा भन्नु पर्ने होला नि मेरो "यो" कुर चोरी हुन लाग्यो भनेर।

तर मैले चोर्न खोजेको कुराको रिपोर्ट पुलिस त के आर्मीलाइ नै भने पनि केही होला जस्तो चाइ लाग्दैन है मलाइ।

 
Posted on 08-08-06 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्!!!!!
 
Posted on 08-08-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो, सबैलाई दुइ हात जोडेर नमस्कार गरें है।

उता नेपालटारमा "गिरि जा" बा ले 'स्पेस' बाँड्दै हिन्या छन् रे। यो हाम्रो चौतारीलाई पनि अलिकति 'स्पेस' चाइञ्जो माग्नु परो। मिल्छ भने आजै पुण्टे दाईलाई पठा'र यो 'स्पेस'को चाइञ्जो बेबस्ता गर्नु परो। पुण्टे दाइको तालु र "गिरि जा" को तालु हु-बहु ठ्याक्कै सेम उस्तै
भा'को हुँदा हाम्रो चौतारीले पनि 'स्पेस' पाउनी पक्का चाइञ्जो छ।
 
Posted on 08-08-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले अनि अहिले:

बहाना भएर पिइन्थ्यो
बहाना खोज्न थाल्या छु

एकै पेगमा रमाइन्थ्यो
बोतलहरु रोज्न थाल्या छु

बिथोल्लिन पिइन्थ्यो
सम्हालिन पिउन थाल्या छु

लेख्नलाई पिइन्थ्यो
पिउनलाई लेख्न थाल्या छु

आजभोलि
हरेक साँझ मातिन थाल्या छु

:D
 
Posted on 08-08-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तै हो गोताएँ, संसाराँ आफ्नै स्पेसको ठेगान नहुने बेलाँ नानाभाँति बोल्न मन लाएको होला॥

कुम्लेओ चालामाला ठिक लाएन मलाई, रातीको ९:५४ बजे "मैले किन पिएको" भन्दै कविता लेख्छ गाँठे! मलाई त किन किन यो बुडो दिमाखाँ कुम्लेले साँचो कुरा लेखो कि अस्तो लाउछ! धेरै नखाउ कुम्ले चाइन्जो ठिटैमा बुढ्यौलिले समात्ला॥
हरिशरणम्
 
Posted on 08-08-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एउडो कविता सुन जिम्माल तेसो भा'।


"स्पेस दिम्!"

हजामलाई जगल्टे केश दिम्
घोडालाई टुँडिखेलमा रेश दिम्
जाबो एक लाख रोपनीमा त निसास्सिइहाल्छ नी शेर खाँ
राजालाई अलि ठूलै 'स्पेस' दिम्!

'जंगे'हरुलाई सम्मान विशेष दिम्
खुमे-वाग्ले-गोविन्देलाई क्लीन फेस दिम्
गगने-सगने भाँडमा जाउन् शेर खाँ
बरु पारसेलाई 'स्पेसै-स्पेस' दिम्!

दलको सप्पै गोटी चाल्न शुशिललाई चेश दिम्
सुजातालाई विभाग विदेश दिम्
पछि त यो नी पर्धान-मुन्तरी हुन्छे शेर खाँ
त्यसैले राजालाई 'स्पेस' दिम्!
 
Posted on 08-09-06 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए होइ क्या मारा यार गोतामे ने!
सुबह सुबह हिलाके रख दिया रे!
************************

आज त पब्लिक होलिडे,
हाजिर साजिर नगरुम यार ।
 
Posted on 08-09-06 2:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज घुमेर आइयो!

९-१० कक्षामा ज्वालामूखी तालको बारेमा पढिया जस्तो लाग्छ, आज प्रतक्ष देखियो।

तालको एकपट्टि छेउमा अँझै अलिकति हिउँ रैछ।

 
Posted on 08-09-06 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अर्को ताल पनि। यो दृष्य चाहिं डाँडाको टुप्पाको। खुब रमणीय ठाउँ पुगिया जस्तो लाग्यो।
 
Posted on 08-09-06 2:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अर्को ताल पनि। यो दृष्य चाहिं डाँडाको टुप्पाको। खुब रमणीय ठाउँ पुगिया जस्तो लाग्यो।

 
Posted on 08-09-06 2:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब बुरो,
कुन गामको फोटु हो यो ?
हेर्दा क्यार्दा त चिने चिने जस्तो लाग्यो त!
 
Posted on 08-09-06 3:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे,
जापान देशे, तोहोकु प्रान्ते, मोरिओका अञ्चले, हाचिमानदाइ पहाड।

खै यता कहिले आइपुग्नुभा होला र?
 
Posted on 08-09-06 5:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गाम्का पनि हेरम्न
कति राम्रो फोटो

भोट जादा बाटामा खिचेको क्या

 
Posted on 08-09-06 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ जदौ है मेरो तर्फबाट,

क्यार्ने हिजो अस्ती आउन सकिएन देखि हाल्नु भो नि मेरो हालत । अस्ती शनिबार छुट्टीको दिन उपयोग गर्नु पर्‍यो भनेर मज्जाले तल्लोघरे काँइलाबाको बारीमा आरु चोरनु पर्‍यो भनेर गाको । केटाहरु पनि आउँछु भन्थे ....., मोराहरु आउँदै आएनन्। आरु पनि टन्नै टिपिसकिया थ्यो, तर दसा रैछ, बरसातको बेला हाँगा चिप्लो रैछ, गुल्टिहाले नि कन्ला मुनी । दाँया खुट्टा त कर्‍याकै गैहाल्यो नि । तै बुढाले थाहा पाएछन र गाली गर्नुको सट्टा हेलथ पोसट्मा लिएर गए । बल्ल आज देखि बैसाखि टेकेर हिंड्न सक्ने भा'छु । चौतारीमा त आउनु परिहाल्यो नि भनेर आको । एक दुई दिन छुट्दा पनि कति धेरै कुरा भई सक्दो रैछ । म त तितौरिको बर्थ देको केक खा'र हा टा गरेर गाको, कुम्ले अनि साँहिलाको कथाहरुको पनि प्रसंसा गर्नै भ्याएन । आशाध्यै राम्रो कथाहरु लेखेउ तिमेरुले, कीप इट अप केटाहरु । पुन्ते दाई को त के कुरा गर्ने, एक दिन चौतारीमा न आउँदा नै धेरै छुटि सकेको हुन्छ ।जोड घटाउ (++++/----)को विवाद पनि चली रा' रैछ,पुन्टे दाइको तर्कसँग म पनि सहमत छु ।जिम्मालबालाई चाँही फेरी बैँस् चढ्या जस्तो छ, राम्रै हो तर जिम्मालनी आमाको कुचो चाँही नबिर्सनु होला । गालब त आरु चोर्न आउँछु भन्ने मुन्छे, जापुन गएर फोटु पो खिचिरारैछ । जे भए पनि राम्रो छन फोटुहरु । रोल लम्बर चोरको पनि बिग बिगी भइ सकेछ, अब चाँही म आइहाले, सब्को ढाड सेकौनु पर्छ ।

अरु सबै यस्तै हो एक बार्को जुनि, खुट्टा पनि भाँचिन्छ, हात पनि मर्किन्छ .......
अब चाँही खुट्टा भाँचिहाल्यो, दिन भरि चौतारीमा नै बसिरह्न्छु ।

रोल लम्बर १०१, ग्वाँचे ........ खुट्टा भाँचिए पनि हाजिर मिस्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters