[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 549492 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-13-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न प्रभु!! काठमाडौं तिरका केटी हेर्न मन लाग्दइन नत्र अहिले दिमाग खियाउन पर्थ्यो कतै बाङे एन्ड कम्पनी ले आँखा लाएका हुन कि भनेर
साच्चै त्यो रस्सिअन एम्बेस्सी अगाडि तिर को केटी त हाम्ले पनि चिनेका थिएम केरे, पोहोर साल भेट हुँदा छोरा लाई देखाउदै "यसले आफ्नो बाउलाई राम्ररी चिन्न पनि पाएको छैन" भनेको सम्झिएँ है
 
Posted on 11-13-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न प्रभु!! काठमाडौं तिरका केटी हेर्न मन लाग्दइन नत्र अहिले दिमाग खियाउन पर्थ्यो कतै बाङे एन्ड कम्पनी ले आँखा लाएका हुन कि भनेर
साच्चै त्यो रस्सिअन एम्बेस्सी अगाडि तिर को केटी त हाम्ले पनि चिनेका थिएम केरे, पोहोर साल भेट हुँदा छोरा लाई देखाउदै "यसले आफ्नो बाउलाई राम्ररी चिन्न पनि पाएको छैन" भनेको सम्झिएँ है
 
Posted on 11-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-14-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~Spring~* ,

"yi halla haru hun hami le suneka ..."

सबै सत्य पनि अनन्त कहाँ हुन्छन् र? कति सत्यको म्याद् हुन्छ--कति सत्यको सीमा हुन्छ---त्यस्ता म्याद् र सीमा बाहिर ती सत्य पनि धरासायी हुन्छन्---कहिले सत्य पनि हल्ला हुन सक्छ --कहिले हल्ला पनि सत्य हुन सक्छ---  कसो?

पून्टे प्रभो,

त्यो शिवपुरी स्कुल छेउमा कोइरालाको घर थ्यो--त्यो घरको उत्तर पट्टी पनि घर् थिए नि---थिए भन्दा पनि थ्यो नि एउटा चै बिशेष---है प्रभो?

Birkhe_Maila,

"पढ्दा पढ्दा फेरि एक पटक केहि बर्ष घटाएर काठ्मान्डौमा दिनभरि चर्न जान मन लाग्यो। तर के गर्नु उतिबेला हाम्ले हेर्ने तरुनिहरुले नि बर्ष घटाएर पहिले जस्तै नजर कटाक्ष गरे त हो नि..."

प्रभो, चर्न जानलाई त्यसरी मन मार्न भएन। पैलेकाले बर्ष नघटाए के भो त अहिलेकाले धमाधम बढाउँदै छन अरे"  भैगो नी ---

nAyAni ,

"आँखा त भत् भत् पोली राछ।"

अब सम्झेर सम्झेर रातलाई झिमिक्कै गर्न नदीई बिहान पारे पछि आँखा भत भत हुँदैन त?

सान्नानी ,

हेर भन्या? राम राम राम---

बिस्टे ,

"हो भन्या बिर्खे प्रभो ले भन्या जस्तै गर्न मन लायो मलाई नि तर अली धेरै नै बर्ष घटाऊनु पर्ने भोर पो मार्यो। "

कति घटाउनु पर्ने भो प्रभो? बिदेश तिर जागीर खानेले नेपालमा धमास दिन तलब ने रु मा भन्छन अरे -- प्रभोले पनि नेपाली उमेरलाई थाई भाटमा उल्था गरेर भन्दिम न -- एक रुप्याको 0.45 जति भाट हुँदो रे छ।

amiran,

"K ho aaba feri sanka lagyo Bange ko...."

अब फेरी रे? फेरी?

लौन नी ---

miss_ me,

"हेरन, त्यो बांगेले केटीहरुको घर जति सबैतिर ससुराली भन्दै हिड्दा हो त?!"

अब कस्को घरलाई ससुराली भन्दै हिनोस त तरुनीहरुको घरलाई नभने?

Stat,

"धन्न प्रभु!! काठमाडौं तिरका केटी हेर्न मन लाग्दइन नत्र .."

कता तिरका हेर्न मन लाग्छ त प्रभो? त्यता तिरका पनि जानकारीमा रहेछन भने खबर गर्छु नी --


 
Posted on 11-14-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीनी जान्थेम है कुमारीगाल तिर तरुनी हेर्न, बाङे जस्तै , अहिले त दुई तीन वटा बच्चाको आमा भयी सकी रे।
 
Posted on 11-14-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीनी जान्थेम है कुमारीगाल तिर तरुनी हेर्न, बाङे जस्तै , अहिले त दुई तीन वटा बच्चाको आमा भयी सकी रे।
 
Posted on 11-14-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन एह हर्के सोम कुमारीगाल तिर को थे र हँ तेस्ता बानेस्वोर देखी धाउन लाई,हाम्ले त कोइ देख्दैनथेम। नजिकको तिर्थ हेला भर हामी बानेस्वोर तिर गा जस्तै होला।
 
Posted on 11-14-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो ले अस्तिन देखि कुमारीगालकी ले बच्चा पाई भन्या भनेई छ -- अब मन बुझाउनु पर्यो प्रभो --त्यस्तै हो --- सधै त्यै पीरमा एक किलो बंगुर र दुई बदल ट्वाँट खाएर जिन्दगीलाई चुरोट जस्तो धुवाँमा उडाउन भएन।

हो बिस्टे प्रभो--कुमारीगालमा भन्दा त बानेस्वरमा धेरै थिए सुन्दरीहरु -- हर्के ब्रो दशा लागेर कुमारीगाल तिर पुगेछन -- भाका एक दुईटीलाई नी कजरा रे कजरा रे भन्दै ब्याण्ड बजाएर आएका लाठेहरुले लग्देछन -- अब जो भेट्यो उसैलाई कुमारीगालकी तरुनी लौन नी भन्दै हिन्या छन। बिजोग छ।

हर्के ब्रो, जलेस्वर तिर कत्तिको गैन्थ्यो?


 
Posted on 11-14-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ब्रो ले अस्तिन देखि कुमारीगालकी ले बच्चा पाई भन्या भनेई छ -- अब मन बुझाउनु पर्यो प्रभो --त्यस्तै हो --- सधै त्यै पीरमा एक किलो बंगुर र दुई बदल ट्वाँट खाएर जिन्दगीलाई चुरोट जस्तो धुवाँमा उडाउन भएन।


 
Posted on 11-14-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झिन त सम्झेरै  नसुती बस्या हो तर प्रभु कस्लाई सम्झेको भन्ने पो प्रश्न आयो त। न बाङेलाई हो ?


 
Posted on 11-14-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झिन त सम्झेरै  नसुती बस्या हो तर प्रभु कस्लाई सम्झेको भन्ने पो प्रश्न आयो त। न बाङेलाई हो ?


 
Posted on 11-14-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के कुरा गर्छन् यिनिहरु , कुमारीगालमा तरुनी हरुको भिड थियो भिड, पशुपती बाट यसो माथि लागेशी टन्नै थिए अप्सरा हरु , अब तिमरुले नदेखी सि के लाग्छ । लौ अर्को पाला नेपाल म संगै भयियो र भेटियो भने सुनाउला , कुमारीगालको काहानी , दीप प्रभुलाई जस्तै लेख्न आउने भए उहिले लेख्थे।

जलेशोवर थुप्रो चोटि गाको छु प्रभु , त्यहाको शिव मन्दिर नेपाल प्रख्यात छ प्रभु लाई थाहा होला । अनी जलेशोवोर मा एउटा फिलिम हल थियो, चित्रलय चल्चित्र मन्दिर भन्ने , त्यहा त्यो माधुरिको धक धक कर्ने लगा भन्ने फिलिम थियोनी, हो त्यो फिलिम हेरेको थिए मैले।

प्रभुलाई कसरी एक्कासी जलेश्वोर को याद आयो , गयिएको छ त्यता तिर।


 
Posted on 11-14-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के कुरा गर्छन् यिनिहरु , कुमारीगालमा तरुनी हरुको भिड थियो भिड, पशुपती बाट यसो माथि लागेशी टन्नै थिए अप्सरा हरु , अब तिमरुले नदेखी सि के लाग्छ । लौ अर्को पाला नेपाल म संगै भयियो र भेटियो भने सुनाउला , कुमारीगालको काहानी , दीप प्रभुलाई जस्तै लेख्न आउने भए उहिले लेख्थे।


 
Posted on 11-14-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के त्यो पानी भित्र भको शिवको मुर्ती हो? मन्दिर त थे न तर त्याँ इनार कि कुवाँ जस्तो थ्यो, जलेश्वर भन्थे तेइ हो?
 
Posted on 11-14-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के त्यो पानी भित्र भको शिवको मुर्ती हो? मन्दिर त थे न तर त्याँ इनार कि कुवाँ जस्तो थ्यो, जलेश्वर भन्थे तेइ हो?
 
Posted on 11-14-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो तेही हो प्रिती पनि गको हो ।
 
Posted on 11-14-08 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो तेही हो प्रिती पनि गको हो ।
 
Posted on 11-14-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन हर्के कुमारीगाल त हाम्रो छिमेक हो नि त,मैजुबाल बाट चेट भाको चङ्गा लिन कुमारीगाल पुगिन्थ्यो,कैले काइ पाङ्रा गूड्आउँदै,कैले फुट्बल खेल्न,कैले,नास्पाती चोर्न नि पुगिन्थ्यो तर राम्रा तरुनी कतै देखिएन,त्यो पसुपती बाट मास्थिर लाग्या त मैजुबाल तिरैका होलन,धेरै त हैन २-४ धमाका मचाउने हरु थे हाम्रो टोलाँ नि। दिप प्रभो निकै धाये भन्चन मैजुबाल नि।
 
Posted on 11-14-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि जानकी मन्दिर अनी जलेश्वर महादेव हुँदै सर्लाही हरिवोन, मुर्थिया, बाराहथ्वा सबै पुग्या छु म नि।
 
Posted on 11-14-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि जानकी मन्दिर अनी जलेश्वर महादेव हुँदै सर्लाही हरिवोन, मुर्थिया, बाराहथ्वा सबै पुग्या छु म नि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters