[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 218717 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-09-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हरी र ठूली के छ हालखबर? चियापान भयो?

आज गालेको स्वस्थानी कहिले आउने हो, आफ्नो सुन्ने ट्याम मिल्छ कि मिल्दैन खै। नत्र राती आएर भएन सुन्नु पर्ला।

ठूली नेपालमा खिचेको फोटोहरू टाँस न।
 
Posted on 01-09-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*भएन ‍= भए नि
 
Posted on 01-09-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !

के छ गाम्ले हो खबर ?

हरी, ठुली, चित्रे सबैलाइ नमस्ते
(आजकाल ता आन्द्रै देखि नमस्ते गर्ने चलन चल्या छ क्या रे चौतारीमा मलाइ ता आउँदैन हो तेसरी नमस्ते गर्न)

त्यहि त चित्रे यो ता भएन नि हैन ।

ठुली यसो हामी पनि हेरम्न नेपालका फोटा ?

यसो फोटा टाँसम्न
 
Posted on 01-09-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो ।

हरी, चित्रे र ठूली के छ हालखबर? चियापान भयो?
 
Posted on 01-09-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे नमस्ते!
K ६ ?
 
Posted on 01-09-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो ।

हरी, चित्रे, ग्वाँचे र ठूली के छ हालखबर? चियापान भयो?
 
Posted on 01-09-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे नमस्ते!
K ६ ?
 
Posted on 01-09-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ चित्रे, यामे, ग्वाँचे?

मेरो चियापान त भयो, अब पण्डीत गालव कुमार आएर स्वस्थानी सुनाउनु हुन्छ भनेर कुरीरा'को हो,

ठुली यसो हामी पनि हेरम्न नेपालका फोटा ?
यसो फोटा टाँसम्न
 
Posted on 01-09-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे र ग्वाँचे, धेरै दिनपछि झुल्कियौ नि!

आफ्नो त चियापान भैसक्यो। आज आन्द्रामा काउकुती कहिले लाग्ने हो भनेर कुरेर बसेको, तर काम थुप्रो छ, राती मात्र आन्द्रामा काउकुती लगाउँदै सुतिन्छ होला अब त। :)
 
Posted on 01-09-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीलाई नमस्ते फर्काएँ है, देख्दै नदेखिरा!
 
Posted on 01-09-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी लाइ नि तारेको म:म: (तारेमाम्) :P
 
Posted on 01-09-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी स्वस्थानी व्रतकथा - ६
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तहाँ उप्रान्त श्रीमहादेव कैलासमा आउन लागेको देखेर पार्वती हतार हतार चिया बनाउन लाग्नुभयो। चिया खाँदै गर्दा आफू भ्याकेसनमा जाँदा ईन्द्र आफूलाई खोज्दै आएको कुरा पार्वतीबाट थाहा पाउनुभयो। अँझ नेपाल नामको मुलुककी कन्यालाई छल गरी तपस्या भङ्ग गर्ने काम भनेपछि महादेवलाई पनि नेपालीहरुसँग बदला लिने भावना पलायो र तत्काल ईन्द्रलाई बोलाउन पठाउनुभयो।

ईन्द्र हाजिर भई सबै कुराको बेली बिस्तार लगाएपछि ती कन्या के गर्न लागेकी रहिछन भनेर महादेवले ध्यानदृष्टिले बिचार गरी हेर्नुभयो र भन्नुभयो "हे ईन्द्र! यी कन्याले पुन्टे नामको भेनालाई आफूबाट १० मीटरभन्दा नजीक आउन नसक्ने गरी श्राप दिएर कजाएर राखेकी रहेछन्। भउते काजी नामकको केटासँग भोलि उनको बिहे रहेछ। अस्तिभर्खर नारदजीलाई गुलेलीले हान्न खोज्ने पनि यिनै केटा रहेछन्। अहिले त जगिया पनि तयार भइसक्यो। यी कन्याको बत्तीस लक्षणले युक्त रुप देखेर मेरो यिनीसँग बिहे गर्ने ईच्छा भयो। यो भउते-जुरेलीको बिहा क्यान्सिल गर्न पर्यो। तुरुन्त त्यस भउतेलाई यहाँ बोलाऊ। " शिबजीको यस्तो कुरा सुनेपछि ईन्द्र पनि अन्कनाउदै बिन्ती गर्न लागे "हे जगन्नाथ! हे करुणाकार! अहिले मर्त्यलोगका मानिस पापी बनेका हुनाले मरेपछि सिधै नरक जाने संभावना तीब्र बढ्दो छ। त्यसैले आजभोलि जिउँदै स्वर्ग आउने भिसा पाएकाहरु ओभर-स्टे गर्न थालेका छन्। अँझ आतंककारी गतिविधिमा पनि संगल्न भई 'मिसाइल', 'बम' आदि बिभिन्नथरीका कलियुगे अस्त्रहरु प्रयोग गरी देवताहरुको अफिस ध्वस्त गर्दैछन्। अस्ति भर्खर एउटा समूहले चढी आएको विमान ठोकाएर मेरै दरबार अगाडिको महल ध्वस्त गर्ने जस्ता आत्मघाती हमला समेत गर्यो। यो अवस्थामा केही समयलाई हाम्रो मर्त्यलोगको दुतावासले भिसा जारी गर्ने काम रोकेको छ। अँझ, त्यस केटो भोलि बिहे भए आज किन यता आउँथ्यो। बरू हामी नै एकपटक मर्त्यलोग पो जाने हो कि?" भनेर जिकिर गर्न थाले। "तिमी आफैं स्वर्गका राजा छौ, विशेषादेश मार्फत बोलाऊ" भन्दा पनि ईन्द्रले नमाने पछि बाध्य भएर महादेव पनि ईन्द्रको साथमा गाउँतिर झरी चौतारीतिर लाग्नुभयो।

रात निकै बढेपछि भउतेलाई सुटुक्क बोलाई महादेवले भन्न लाग्नुभयो "हे भक्त! तिम्रो भोलि बिहे रहेछ। मलाई यो जुरेली भन्ने कन्या मन परी। यस कन्या मलाई टक्र्याऊ! बरु यी भन्दा राम्री केटी तिमी मलाई मिलाइदिउँला।" यति भनी बाघको छालाभित्रबाट एउटा फोटो निकालेर देखाउनुभयो र भन्न लाग्नुभयो "यो डिजाइनको केटी भए हुन्छ कि हुँदैन? यसमा केही हेरफेर गर्न पर्ने भए भन म त्यसै अनुसारको कन्याको सृष्टि गरी तिमीलाई दिउँला।" फोटोकी केटी कस्ती भने जिउडाल मिलेकी, लामो घाँटी भएकी, मृगका जस्ता आँखा भएकी, नागबेली केशलाई आशिकी स्टाइलले मिलाएकी, ओठमा पियर्स गरेकी, एउटा दाँतमा दारा निस्केर बाहिर आउला जस्तो भए पनि हिस्सी परेकी, अहिले नै निस्केर भउतेलाई म्वाईं खाउँला झैं गरी हेरेकी। यस्तो जुरेलीभन्दा दसगुना राम्री कन्याको तस्वीर देखेर भउते पनि भन्न लागे "हे महादेव! यस्ती अप्सरा भई भई म यो जुरेलीसँग के बिहा गरुँला? मलाई जहिले पनि पुन्टे र धोबिनी अनि यी पापिष्ट गाउँलेले टेन्सन गरिराखेका छन्। बिहे गरे पनि यो जुरेलीसँग लामो चल्लाजस्तो लाग्न छोडिसक्यो। त्यस जुरेलीलाई अहिले नै मनमनै पारपाचुके गरिदिएँ। बरु भोलि कसरी जुरेलीलाई तपाईंसँग बिहे गराउने? आज्ञा हवस्।" भउतेको यस्तो कुरा सुनी महादेवले पनि भोलिपल्टको प्लान सुनाउनुभयो र बिदाबारी भई स्वर्गतिर लाग्नुभयो ।

भोलिपल्ट शिबजी उठ्दा ११ बजिसकेको थियो। अघिल्लो दिनको धपेडी र गाँजाको ह्याँङ्ओभरले गर्दा टाउको पनि दुख्यो। यता शिबजी नआएको देखेर भउतेलाई छटपटी लाग्न थाल्यो। ठीक कन्यादान हुने बेला पनि भयो र त्यस भीडमा एउटा जोगी आई भिक्षा माग्न थाल्यो। जोगीलाई देखेर कन्यादान दिन बसेकी धोबिनीले भन्न लागिन् - "हे भिक्षु! अहिले मेरो बहिनीको कन्यादान छ। एकछिन पर्ख, कन्यादानपछि भिक्षा दिउँला।" धोविनीको यस्तो बचन सुनी भिक्षु पनि कड्किएर भन्न लागे "हे स्त्री! भिक्षा दिने भए अहिले नै लेऊ हैन भने तिमीलाई श्राप दिउँला।" यस्तो बचन सुनी धोविनीले १० मिटर टाढाबाट नून खाएको कुखुरा झैं झोक्राएर बसेको पुन्टेलाई भिक्षा दिने इशारा गर्न लाग्दा बेहुलो बनेको भउतेले टाढैबाट कराए "हे भिक्षु! अहिले कन्यादानको बेला छ। कन्यादान पछि भिक्षा दिइहाल्छन्। बरु आऊ मेरो छेउमै बस" भनी अलिकता ठाउँ छोडिदिए। भउतेको यस्तो बचन सुनी भिक्षु पनि भउतेको छेवैमा बसे। मुखबाट गाँजा ह्वास्स गनाएको थाहा पाएर भउते पनि यी महादेव नै रहेछन् भन्ने पक्का भए। कन्यादान दिनका निमित्त धोविनीले जुरेलीको हात भउतेको हातमा राखिदिन लागेको बेलामा त्यो भिक्षुले पनि हात लम्काएको देखेर जुरेलीले एक्कासि कन्यादान रोक्न लगाएर कराई "हे भिक्षु! तिमी भिक्षु नभई महादेव हौ। हो कि हैनौ ल भन! यस्तो सजिलैसँग मलाई झुक्याउन सक्छु भनेर कसरी सोच्यौ? यो तरिकाले त तिमीले सतिदेवीसँग बिहे गरेका हैनौ? मैले पुरानो स्वस्थानीमा अस्तिभर्खर पढेको। यो भउते पनि महादेवसँग मिलेको रहेछ। अब तीन महिनासम्म तिम्रो मुख हेर्दिन। लौ मेरो नजरबाट टाढा जाऊ। यो बिहा यहीं केन्सिल भयो। अनि जोगीको भेषमा छल्न आएका महादेव! तिमीलाई पनि श्राप दिन्छु। तिमीले खाने यो गाँजा खाने जति सबै जेल जान परोस्।" यस्ता तवरले जुरेलीले बिहे रद्दा गरेपछि भउते र महादेव आँगनको डिलबाट लुरुलुरु ओरालो लागे। जन्ती आएका नमे, दादा, सिरे, गोताएँ, चित्रे अनि लोकन्ती बनेर आएको महिला समुहका तितौरी, ठुल्नानी, सान्नानी र मास्टर्नी पनि अब के गर्ने भनेर मुखामुख गर्दै भउतेहरु गएतिर टुलुटुलु हेर्न थाले। हे अगस्त्यमूनि! जुरेलीले दिएको यही श्रापको प्रभावले अहिले मर्त्यलोगको सबैजसो मुलुकमा गाँजा, भाङ्, धतुरो प्रतिबन्धित छ। यी वस्तुहरु सेवन गर्ने मानिसहरुलाई पुलिस नामका निलो वस्त्रधारीहरुले जेलमा लैजान्छन्।

बेलुका गैरीको पसलनेरको भट्टीमा महादेव, भउते र पुन्टे जम्काभेट भयो। ती तिनैजना जुरेलीजस्तो सोझी अज्ञानी केटीसँग हार खानु परेकोमा उदेक मान्न थाले। पुन्टे जुरेलीको दस मिटरभन्दा नजीक जान नपाउने भए, महादेवले आफ्नो पृय सेवनपदार्थको मर्त्यलोगमा बन्देज भएको देख्न पर्यो भने भउते पनि तीन महिनासम्म जुरेलीलाई देख्न नपाउने भए। यस्तो कसरी सम्भव भयो भनेर पुन्टेले सोध्दा, श्री महादेवले भन्न लाग्नुभयो "यो सबै श्रीस्वस्थानीको कृपा हो"। तीन जनाले एक-एक गिलास लोकल हातमा लिएर "श्रीस्वस्थानी माईकी जय!" भन्दै गिलास ठोक्याई चियर्स गरे। उता भट्टीको रेडियोमा गीत बज्नथाल्यो "पिउन देऊ मलाई, जिउन देऊ मलाई, बेहोसी भै आफूलाई भुल्न देऊ मलाई!"

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे षष्टमोध्याय॥६॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-09-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ नमस्ते ।
दामी छ ६औ अध्याय पनि । राम्रो लाग्यो ।
--------------------------------------

हे ईन्द्र! यी कन्याले पुन्टे नामको भेनालाई आफूबाट १० मीटरभन्दा नजीक आउन नसक्ने गरी श्राप दिएर कजाएर राखेकी रहेछन्।
 
Posted on 01-09-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेश्रो अनुच्छेदको दोस्रोलाइनको वाक्य यसरी पढ्नुहोला -
बरु यी भन्दा राम्री केटी तिमीलाई मिलाइदिउँला
 
Posted on 01-09-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......हो कि हैनौ ल भन! यस्तो सजिलैसँग मलाई झुक्याउन सक्छु भनेर कसरी सोच्यौ? यो तरिकाले त तिमीले सतिदेवीसँग बिहे गरेका हैनौ? मैले पुरानो स्वस्थानीमा अस्तिभर्खर पढेको। ........'
 
Posted on 01-09-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"फोटोकी केटी कस्ती भने जिउडाल मिलेकी, लामो घाँटी भएकी, मृगका जस्ता आँखा भएकी...." Typical Swasthaani style..LOL

where's "yastaa hajur lai koti koti namaskaar chha"??

Nice one again bruh!!

दामी छ ६औ अध्याय पनि!! राम्रो लाग्यो!!

सप्पैलाइ नमस्ते ।

:-)
 
Posted on 01-09-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ ६औ अध्याय पनि!! राम्रो लाग्यो!!

सप्पैलाइ नमस्ते ।

:-)
 
Posted on 01-09-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानिको ६ च्याप्टर गाल्स ब्रो ले हरिप दिएको हो ल!
आबो डल्लै नबुझे पनि मोइले अलि अलि र बुझ्योन्तनि!
खित्...खित्...खित... भाउतेज सोम फिरि महादेव सुड्डाले च्वाँक छप्किको फोटो देखाइदिए पछि जुरेलि जि.एफ. लाई नै बिर्सिदिने के, लास्ट हर्रामि सोम!

लु चौतारिको सब सुड्डा सुड्डि, दाजू भाई, दिदि बहिनि, सोम र च्वाँकहरुलाई जस्ट नमस्ते छ ल! आबो आन्द्रै देखि भन्यो भने लास्ट र्र्याग हान्ने कि फोक्सहरुले त्यसैले जस्ट नमस्ते ल!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters