[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 167472 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-06-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O भौते दाइ इहिहिहि किन रिस् उठेको म सँ त्यस्तो सारै?
आफ्नि बुइनि लाइ नि त्यस्तो भन्छन् । ऐले म झन् " पानि को रिम्झिम् बर्षा को बेला " को पनि कुरो थप्न लाइ दिन्छु कुम्ले लाइ अनि पो त धेरै रिस् उठाउदा :P :P :Pलौ जा ;-)

सुर्जे लाइ स्वागतम् , मिस् सबै को गुरुआमा हो मिस् लाइ अनि कसैलाइ नि जिस्काउन चाइ पादैन कथा,कबिता,राम्रा कुरा हरु सुनाउन/सुन्न पाइन्छ :D

मिस् को कबिता सारै राम्रो :D
 
Posted on 09-06-06 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जम्मा ३१% रे, हत्तेरी त्यो त अत्ति कम भयो यार! एस् एल् सी मा पनि पास हुन ३२% ल्याउनुपर्छ नि हैन? ओ हो! त्यसो भए म फेल?......... भएन यार फेरि चेक गर त" मलाई भउतेले प्रिन्ट गरेर दिएको रिजल्ट चित्तै बुझेको थिएन।

"अब कत्ति चोटी हेर्नु नि? जत्ति चोटी गरेपनि त्यहि हो। सबै Input मिलेकै छ क्यारे! कम्प्युटरले पनि गल्ती गर्छ त? अब तिम्रो भाग्यमै त्यहि ३१% छ त मैले के गर्नु?" भउतेले मलाई थर्काउदै सम्झाउन खोज्यो।

"भएन यार भएन! मलाई यो रिजल्ट चित्त बुझेन" म भुइँबाट जुरुक्क उठेँ अनि त्यो रिजल्ट छापिएको कागजलाई कच्याक कुचुक पारेर छेउ को डस्टबिनमा बास्केटबल हाने झै फ्यालेँ। त्यो पोको परेको कागज डस्टबिनमा छिर्यो।

"Nice Score!" भउतेले थप्यो।

"हो नि राम्रो शट थियो, यस्को दुइ अंकपनि थपिएको भए मेरो ३३% त हुनेथियो" म सोफामा अढेस लाग्दै भुइँमा फेरि बसेँ

"हेर कुम्ले! ३१% भनेको पनि नराम्रो होइन, ग्रेस पाउने बित्तिकै पास" भउतेले मलाई आश्वासन दियो।

"ल ल ठिक छ, अब तिम्रो हेरम्" मलाई उस्को प्रतिशत हेर्न मन लाग्यो।
"हैन नहेरम्, मेरो त राम्रो आइहाल्छ नि" उस्ले हेर्न मानेन।
"हेरम् न हेरम्, तिम्रो राम्रो आउँछ भन्ने त थाहा छ तर कत्ति धेरै आउछ हेर्न मनलाग्यो के!" मैले कर गरेँ

भउते कम्प्युटरमा Input हाल्न थाल्यो। अनि के के चलाउन थाल्यो। एक्कासी भउते त कालो भएर "खुइय!" पो गर्न थाल्यो।
"ए भौते के भयो?"
"के हुनु नि? यो कम्प्युटरले मेरो बारेमा त्यत्ति जानेन"
"किन नि? कत्ति देखायो?"
"जम्मा ३५% देखायो यार" टाउकोमा हात राख्दै उस्ले भन्यो।
"३५% भनेको त राम्रो हो नि, मेरो ३१% भन्दा कत्ति राम्रो कत्ति"
"त्यो त अर्कालाई भन्न पो राम्रो नि, आफ्नो लागि त ९०% चाहिन्छ" भउते यता उता छटपट्टिन थाल्यो। अनि म तिर हेरेर भन्यो "उ त्यो देउ त!"

"के?"
"त्यो के रिमोट, टि भि हेर्न पर्यो"

मैले रिमोट उ भए तिर धकेलिदिएँ अनि उस्ले रिमोट अन गरेर टि भि हेर्न सुरु गर्यो। टि भि मा लोकल च्यानल बाट समाचार आइरहेको थियो।

"हत्तेरी! के समाचार हेर्ने होला, यस्तो टेन्सनमा पनि बरु MTV कत्तिमा हो २० मा होइन?"

"एकछिन एकछिन! weather news आउन लाग्यो, आज पानी पर्ने चान्स कत्ति रहेछ हेरुम् न" मैले उस्लाई च्यानल चेन्ज गर्न दिइन।

"There is 30% chance of Precipitation" समाचार बाचिका महिलाले भनिन्।

त्यो सुन्ने बित्तिकै खोइ के आयो उस्को मनमा उ हत्तपत्त उठेर झ्याल तिर गयो। Blind खोलेर बाहिर हेर्न थाल्यो।

"अलि अलि बादल त लागेको छ यार तर के पानी पर्ला र ३०% चान्समा" मैले उस्लाई भने।

"हैन यार आज पानी पर्नै पर्छ, म अब इन्द्र भगवानको पुकार गर्छु, एकछिन मलाई डिस्टर्ब नगर है। आज फेरि इन्द्र जात्राको दिन भगवानलाई खुशी पार्न सकिन्छ" उ पलेटी कसेर तपस्या गर्ने सुरसार गर्न थाल्यो।

"ह्या यो भउते को ताल हेर्दा नि झनक्क हुन्छ मलाई.......... फ्रिजमा बियर छ?" मैले भाउन्न हुँदै सोधेँ!

"छ छ" भन्ने इशारामात्र आयो उस्ले आँखा खोलेन।

"खोइ यार च्यानल २० हैन MTV को?" मैले च्यानल् चेन्ज गरेँ। टि भि मा Shakira ले My Hips Don't Lie मा नाँच्दै रहिछ। भउते जुरुक्क उठ्यो अनि टि भि लाई झ्याल तिर घुमायो।

"ओइ के गर्या?" मैले अचम्म मान्दै उस्लाई सोधेँ
"इन्द्र भगवानलाई अप्सराको नृत्य देखाएको, अप्सरा देखायो भने उनि खुशी हुन्छन् नि" अनेक तरिका आउने हाम्रो भउतेलाई।

उ फेरि पलेटी कसेर प्रभुको आरधना गर्न थाल्यो म चाँहि बियर झिकेर Bottle Opener खोज्न थालेँ।

"दाँतले खोल्नु पर्छ, Opener छैन" उस्ले आँखै नखोली त्यहाँको परिस्थिति सब बुझिसकेछ।

"ल यार दाँतले त हुन्न यार, बरु त्यो Fork युज गर्न पर्ला"

म बियर खोल्न थालेँ

"छिस्स!" मेरो बियरको बिर्को खुल्यो। त्यत्तिकै मा आकाशमा पनि बादल "गड्याङ गुडुङ" गर्न थाल्यो।

"Bingo!!!" भउते उफ्रेको देखेर म झस्किएँ

"यार पानी पर्यो! हुर्रे! पानी पर्यो!" भउते खुशी भाको बेला औदी राम्रो गरी नाँच्छ।

"लौ! पानी पर्यो त के भयो?" मैले कुरो बुझिन।

"कुम्ले! तिमी म सङ्ग हिँड अब!" उस्ले मलाई तानेर बाहिर लग्यो।

"हैन कहाँ जाने नि यो पानी परेको बेलामा?"

"हिँड न!"
म उस्को पछि लाग्दै त्यो पानीमा रुज्दै पल्लो अपार्टमेन्ट तिर लागेँ

"टक टक टक!" उस्ले ढोका ढकढकायो

ढोका खुल्यो।

"अरे भउते तुम? इस टाइम यहाँ क्या कर रहे हो? वोह् भी ए बरसात मेँ" ओहो! कत्ति राम्री त्यो Indian केटी त!

"करिश्मा! देखो बारिस हो रहा है!" भउतेलाई नि आउने हिन्दी त फरर।

"हाँ वोह तो मैँ भि देख रहि हुँ"

"तुम्हे मालुम है? आज सिर्फ ३०% चान्स था और् फिर भी बारिस हुआ" भउतेले उस्लाई किन यो सब भन्नु पर्ने हो मैले बुझ्न सकिरहेको थिइन।

"हाँ हाँ! वोह् तो ठिक है, पर तुम ए सब मुझे क्यो बता रहे हो?" उस्ले नि कुरो बुझिन छे।

" देखो ३०% मे भि बारिस हो सक्ता है। ३०% चान्स मे सब कुच हो सक्ता है। ३०% चान्स होना बहुत अच्छा है" भउतेले उस्लाई राम्ररी सम्झाउन थाल्यो।

"okay okay ३०% चान्स बहुत अच्छा है, अब आगे बढो!" उस्ले सुन्ने इच्छा गरी।

अनि भउतेले गोजी बाट त्यो अघि को रिजल्ट निकालेर उस्लाई देखाउदै भन्यो,

"आज Love Calculator मे हम दोनो का चान्स ३५% दिखाया"

उस्ले भउतेलाई हेर्दै मुसुक्क हाँसी। भित्र कोठामा दिल तो पागल है को "अरे रे अरे ए क्या हुआ......." भन्ने गाना बजिरहेको थियो।

समाप्त :पि
******************************************************************
बिशेष धन्यवाद भउतेलाई। तिमीलाई राखेर लेख्नु को मजै अर्को हुने रहेछ।
 
Posted on 09-06-06 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते को बहिनी ताइरा लाई देखेर एउटा दोहोरी हान्न मन लाग्यो । । ।

हे चौतारी म आउँदा त रसिलो, आउँदा त रसिलो
यो नानी को ज्यान कति कसिलो । । बल्ल पर्‍यो निर्माया माकुरी जालैमा
 
Posted on 09-06-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, महोत्सब् म नि दुइ जना (भौतेदाइ र तिमि )ले मात्रै बुझ्ने कथा लेखेर गर्न खोज्या के :P :P
bytheway , nice story !!!!
 
Posted on 09-06-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या कुरो मिलाम्छ भउतेले पनि! म जुरुक्क उठेर तुरुक्क *तेर सोझै चौतारीयाँ पस्या हो, मउसब भ'र क्या! हुनत अरु बेलामा पनि चौतारीको नशा लाग्याझैं भ'छ। बिहान उठ्यो चौतारी, अड्डा तिर हिन्ने बेलाँ चौतारी, अड्डाँ पुग्नसाथ एउफेर चौतारी, काम गर्दागर्दै धेरैफेर चौतारी, अड्डा'ट घर फर्किने बेलाँ एउफेर चौतारी, घर पुग्नासाथ एउफेर चौतारी, खाना खाईसकेर एउफेर चौतारी, सुत्नी बेलाँ एउफेर चौतारी---!

अचेल बूढीले पनि चौतारी पढ्न थालेकी छे, मलाई जिस्काएर हैरान पार्छे!
 
Posted on 09-06-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजीले राखेको कुनै नि प्रस्नको जवाफ आएन मलै त्
****************************************************

हैन यो सूर्जे त कति भाँति बोल्नेरे'चन्। मुख निचोरे जाउलीभात निस्कला जस्तो मनिचु मैले त।

दादाले भन्ने उखान् याद् आयो ' हिजोको अण्डा आजको चल्ला" कति चि चि गरेको
*****************************************************************
भौते देवरलै ठिक्क हुने कथा लेखेचौ कुम्ले बरा हाम्री तिरुलै यै मंसिरा लखेट्ने कुरा गर्ने अझ
 
Posted on 09-06-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर मैले त्यो कथा सप्पै बुझ्या भए मर्दिनु :D:D
 
Posted on 09-06-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!

कथा लेख्छु भनि हालेँ क्या गार्हो भयो भने कथा सक्नलाई। पछि त कहाँ कहाँको कुराहरु जोड्न पर्यो। हत्तेरी!!

तितौरीलाई कथा बुझ्न गार्हो पर्यो कि कसो? साँच्चो साँच्चो कुरा लेख्या छु है! नत्र सोध क्यारे भउते दाईलाई।

ठिक लेखेँ हैन त मिस?

ए भउते! तिमी अब मलाई थर्काउने सुर सार नगर त बा। अझ मैले त्यो "पानीको रिमझिम बर्षातको बेला" को कथा त हालेकै छैन।
 
Posted on 09-06-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) मेरा डरले कुम्लेले कथा त १८० डिग्रीको सीधाकोण बनाएर घुमाएछ। तर फेरि कता'ट त्यो परौँठा कुमारी सँग नाम जोड्न पुग्याहो ? न मलाई हिन्दी हाता है, न मैले परौँठा खा'ता है। :p

तितौरी, "पानीको रिमझिम ............ धित मारेर किन रुझेकी " गीत रे ही ही ही ही। पुरै गीत सम्झेको त हाँसेर मर्न लागेँ। :-) त्यो गीत तिमीले गायौ भने त म फेरि "चिसो लाग्यो दिलैमा, डा**र लगाइदेउ" भन्दै नाच्दिन्छु नि। :-)))

मास्टर्नी-भावी, सुर्जेका मुखाट जाउली भात त त्यस्तैहो, खुट्टामा नाम्लोले बाँधेर चौतारीका रुखाँ उधोमुन्टो पार्ने हो भने ढिँडो र गुन्द्रुक चैँ निस्कन्छ होला। :-)

ओइ सुर्जे, फूल जस्तो कमलो ज्यान नखोजेर के कसिलो ज्यान खोज्दै हिन्या हो? तिम्रा बुद्धीमा धुर्सेलीको पातको बिर्को लाए कि के हो ? :ओ

:-)
-भउते
 
Posted on 09-06-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!
भउते!

डराउनु नै पर्यो नि। के हो! के हो! अस्ति देखि डाइट पेलेर बसेको भन्ने सुनेको छु क्यारे! पुन्टे दाईलाई त थर्काएर राखेका रहेछौ, हामीले के सक्नु।
 
Posted on 09-06-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सप्पैले रमाइलो गरम के रे । म त हिजो चौतारी बनाउदाको अनिदो सुते ।
मेसो मिलार कबिता कोर्ने सुर छ मेरो ।
सुर्जे नया मुन्छे रैचन, स्वाग अरे केरे ।
अब भउते त नया मुन्छे होइन के रे, २ ४ दिन हरार झुल्किदैमा कसरी नया मुन्छे भन्नि । जे भ नि भउतेलाइ पनि स्वागत छ।
अनि बिचा हरार अइले देखापरेका मुन्छेहरुलाइ पनि स्वागत छ ।
निद्राले सारै भो के रे, गल्ति भए भुलचुक लिने दिने । बिक्रि भइसकेको माल फिर्ता हुने छैन । धन्यबाद ।
 
Posted on 09-06-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ नमे ! हाम्लाई यो चौतारीमा जाल थापेर तिमी चैँ के को कौवाको फूल छाम्न हिँड्या हो त?
 
Posted on 09-06-06 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, तो के जाति लप केलखुलेटरको कुरोले भउते गुन्द्रुक भात खान छाडेर चाइन्जो टिकिया चाठ खान गओ अस्तो छ!:)

निकै रमइलो अरेछन गाम्लेअरुले।

लु म पनि एउडो तामाङसेलो गाउन परो मउसबाँ। जोर मादल ठोक है गाम्लेओ। तितौरी, सान्नानी, ठुल्नानि नाच है खुसिले-

आइते-

हाsss हाss हाss हाss आहा
हाsss हाssss हाsss हाss
भुइँमा बस्दा दाग लाग्ला
काखैमा बस्दा बात लाग्ला
हासौँ खेलौँ नक्कली
ओछ्छ्याइ दिउँला चकटी


फूलमाया-

आज ता कालको केटा लाई होइ
बात भन्दा मिठो क्या गर्छ
हाँस खेल गर्ने मान छाइन हो
बाबुले देकोलाई ब्या गर्छ


आइते-

यो केटि सारै चेपारे
मुखले नाईँ नाईँ भन्दैछ
हामि जस्तो केटा देखेर
मनले जाउँ जाउँ गर्दै छ


फूलमाया-

हात्तिको दुइ तिर पुछ्छारा
भनेको काल्ले बुझ्छा रा
एकछिन हाँसखेल गार्दैमा होइ
घारजाम काइले हुन्छा रा


आइते-

हित्त र चित्त मिले त
घरजम पक्कै भैजाला
केटिलाई केटाले नलगे
अरु त कसले लैजाला


फूलमाया-

धक्कुमा लाउनु पार्दैना होइ
भिरमा भाइँसि चार्दैना
यात्तिको ठुलो संसारामा होइ
तोँ मात्रै केटा हुँन्दैन


आइते-

धक्कुमा लाउनु पर्दैन
भिरमा भैँसि चर्दैन
यत्तिको ठुलो संसारमा होइ
त मात्रै केटी हुँदैन


फूलमाया-

यत्तिको ठुलो संसारमा होइ
तोँ लाइ ता मोइले रोज्दैन

 
Posted on 09-06-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बुडोको आउने ट्याम नमिलेओ हो कि, आएको बेलाँ चौतारि सुनसान!
ठिटा ठिटि जता लाएनि गोताएँ बुडा र दादा त हुनु पर्ने हो तमाखु तान्दै जवानि सम्झेर बसिराका, कता लाएछन कुन्नि??
 
Posted on 09-07-06 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“भन्ने बेलाँ चौतारी मउसब रे कोइ अनमरिँदैन म बुडो आको बेलाँ”
“सपै शहर तिर लागे कि के हो? के के मउसब हुन्छ शहराँ तेतै रमाईलो लागेको होलानि सपैलाई।“
“एउबाजी त शहराँ जानु पर्ने, दौराले धर्म छाड्ला जस्तो छ। इन्द्रचोकको हनुमान साउकाँ किनेको दौरा खासाको हुन्छ।“
“परार साल खासा जाँदा कम्ति दुख पाइएन…तातोपानी न्वाएर घुँडो दुखेओ ठिक हुन्छ भन्तो ग्वाँचे तेइभर गाको कुकुरले नपा दुख पाओ यो बुडो ज्यानले।“
“बुडो त ज्यान मात्तै हो मन त अझै तरुनो छ गाँठे! तरुनो बेला म नि साह्रै उरन्ठेउलो थेँ, कटरबोटे साईँलि संअ जिस्केओ हिजो जस्तो लाउछ। जिस्कने त बानि नै बसो, ऊ बेला ठिटा छँदा जति चाइन्जो जिस्को उति मस्किन्थे वल्लो गाम पल्लो गाम सपै ठामका तरुनिहरु।“
“पल्लो गामा कत्रो पैरि गाको पोहोर बर्खामा आम्मै नि! सिउदेलको घर गोठ सपै सोतर भयो।“
“हाम्रा गोठाँ नि नया छानु लाउनु पर्ने, यो बर्खा धान्दैन नत्र। अस्ति ब्यान उठेर भैँसि दुहुन जाँदा भैसि त चुर्लुम्म भ’छ रातभरिको पानीले। जिम्माल्निलाई भकारो सोर्न आपत्।“
“भकारो नि हिजाज भनेओ जसरी फाल्न नपाइने रे, के जाती गोउर ग्याँसको खाल्डाँ हाल्नु पर्ने। गोउर ग्याँस मजाओ हो हुन त गाँठे! ध्वाँ नि नआम्ने चुलोमा, फलैँचा मास्तिर शहराँ बलेओ जस्तो झिलिमिलि बत्ति बाल्न पाइने।“
“साँच्चि फलैँचाँ नि एसो बस्न खोजो कि चुइँ चुइँ कराम्छ। तेसका खुट्टा कमजोर भए जस्ता छन् फेर्नु पर्ने। म भन्दा जेठो फलैँचा हो भन्ते हाम्रा बा ले, मेरै खुट्टो झमझमि दुख्छ एसो बेशि ग’र आओ भने, अब एउ बर्खमा गोडा दुइसएक ज्यान चड्ने फलैँचाको खुट्टो किन न चुइँकोस।“
“दुई सए जन्ति थे गाँठे पल्लाघरे खटविरेको छोरिको ब्यामा! भतेरमा भात काच्चै भ’नि तेत्रो जन्तिलाई हसुर्न पुग्ने त पकाको हो मोराले।“
“भात त जिम्माल्निलेनि मिठो पकाम्छे, मासको कालो दाल फलामे ताप्केमा घोटि घोटि पकार जिम्मु झानेपछि, भात सँअ मुछेर खाँदा थालै कोपरूँ जस्तो मिठो!”
“अचेल लेकबाट जिम्मु ले’र मकै सँअ साट्न थाक्सेहरु तेति झर्दैनन्। जिम्मु किन्न पनि शहरै जानु पर्ने कस्तो काल जमाना आओ गाँठे।“
“मकै नि तेति परेन यो बर्ख। रोप्ने बेलाँ पानी नपरेर बारि खलाँति जस्तो तातो भओ, पछि आकाशै खस्छ कि जस्तो गरेर पानी परो, कताटि मकै पर्नु। बल्ल तल्ल एउडा दुइटा उम्रेको बुटामा कोसा लाग्ने बेलाँ बाँदरले सपै खाइदिओ। अब त यी..ढोड पनि बाँकि छैनन्।“
“ढोड बालेर माघको जाडोमा बुडा बुडि बसेर आगो ताप्न नि ख्याल मजा हुँदैन गाँठे।“
“यो माघाँ नि जिम्मालनि सोस्तानीको बर्त बस्ने होलि फेरि! बाथले कुँजिने बेला हुँदानि माघको जाडोमा क्यार्न चिसो पानीमा चोपलिएर नुहाउँदै बर्त बस्नु पर्ने होला? यी आइमाईलाई कुरो बुझाउनु भनेओ मेरा बसमा छैनन् जस्तो छ।“
खै त? कोइ मरेन चौतारीमा? ह्वाँ भने के जाती चौतारी मउसब रे! कता अन्मरिए सपै?
लाग्नु परो आफ्नै गुँडतिर दुई चार सर्को तमाखु तान्नु परो, नाइटै देखुन तलतल जो लागो”
“खुईय”
 
Posted on 09-07-06 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसाए बिर्खेले मनोबादबाट.


गौतमजी,
(क) टाइपराइटर: pass
(ख) कम्प्युटर : सुसांख्य (भउतेले भनेका हुन् अस्तिनै.)
 
Posted on 09-07-06 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम !!! लेख्यालेख्यै अर्नि ..एउ दिन मै सक्ने मोत्सुव भन्नि मुन्छे दादाले यो दोस्रो पाल्टि लेख्नु भो ... मोत्सुव क्यार्न होला एउ दिन मै सक्ने
... एक साता मनौन पर्च अनि पो सप्पै आउचन
 
Posted on 09-07-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मिस त! कति बिहानै चौपारीमा आइपुग्नु भा' भन्या। नमस्ते गरेँ है मैले।
 
Posted on 09-07-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भनम त electrical engineer लाइ नेपालीमा के भन्च ?
 
Posted on 09-07-06 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म आएहैईईईईईईईईईईइ ।
के हुँदै छ गाम्ले हो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters