[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 111405 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
Posted on 09-09-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बुधवारे जदौ ।


एक युग मा एक दिन आउने ९-९-९ को शुभ साइत मा अभिबादन ।


पूण्टे बुढा हिजो राती निद्रा मै चौतारी पुगेको रहेछ ।



गोतामे गुरु एक युग पछी मन्त्रोचारण सहित चौतारीलाई पवित्र बनाउन आउनु भयो । गालब गुरु लाई पुराण हाल्न भन्नु पर्‍यो गोतामे गुरु ।



पुरे ले पुरी तरकारीको सरकारी नास्ता तयार गरे छ । खाम है धक नमानी । 


 
Posted on 09-09-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


हेरि ट्याम मिलो भन्देखुन त हाउँरा घाट लाने बेला भा' बुडा बुडि सपै अनमरिँदा रेछन। पुन्टे बुडा कताडि चिप्लेर एतातिर खुरमुरिएछन हिजो राति? जिम्दै छौ बुडा? कि तेई धोबिनिको च्यात्या पेटिकोटले बेरिएर परान खुस्को?


गोताएँ बुडेसकालआँ मुउलान भास्सियो भन्या त टुपलुक्क देखा परो चइन्जो, जिम्दै हो?


अरु पुराना बुडाखाडा नि अन्मरिन्छन कि त यो जन्मदिनको पउलछ्छेमा? अस्तिन कइले हो हाउँरो मुन्द्रे नि यताहुँदि बर्बरा' सुन्या थेँ, त्याँसि अत्तो पत्तो छैन!


पुरे र ठुल्दाईलाई जदौ!


 
Posted on 09-09-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy 9/9/9


सम्पूर्ण चौतारीबासी लाई यो सोझो रिट्ठे को बुधबारे जदौ तथा तारेमाम !


पुन्टे बुडा, गोतामे बुडा, जिम्माल बुडा सबै बुडाहरुलाई जदौ ! (बुडै बुडा भा' ठाउँमा आयिएछ यार)


ठुल्दाइ लाई तारेमाम !


पुरे काइला लाई जदौ ! पुरी सँग खानि तरकारी चाँही खोइ त पुरे?


 


 


 
Posted on 09-09-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे औतारी, रिट्ठे औतारी अनी पुरे औतारी ।
बाँकी औतारिहरु छैनन नि आज चौतारी मा ।


बिस्टे औतारी त हाजिर हुनु पर्ने हो । जेट ल्याग ले लेट भयो कि ? बाटोका कोइ केट सँग भेट भयो कि ?


 
Posted on 09-09-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या रिट्ठे, बिआन बिआन उठेर तेत्ती पुरी पका छु अझ यो त्यो भनी रन्छ, खाने भे खाउ, नभे फ्रीजमा लगेर हाल्छु म। कोइ नि आउने हैन मद्घत गर्न चाँही, खाली बसेर हैकम चलाऊन जान्या छन।

प्रणाम जिमालबा, ठुल्दाइ, रिट्ठे 
 
Posted on 09-09-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बल्ल बल्ल भेटियो !


जन्मोत्सव उपलछेमा चौतारीको मेरो पहिलो पोस्ट खोजेर ल्या'छु ! जुलाई १४, २००७ मा चौतारी भाग- ६२ मा चौतारीमा छिर्या रइछु म  चाँही ! 


ल हेरुम मेरो पहिलो पोस्ट


****************


Posted on 07-14-07 9:57 PM     Reply | Notify Admin 
Rate this Post: If 20 or more rate this post with 1 star (Flag as Inappropriate), this posting will be inactivated  
 
नमस्कार छ है यो रीत्थे को पनि !
चौतारी चौतारी भन्थे, क्या रछ यो चौतारी भनेर यस्सो च्याको त खोइ के खोइ के । भऊते ले मात्र आपत्ति जनाको जस्तो देखी मैले त। हन यो चौतारीमा क्यार्नी हो नी लौ न बाटइदिनु परो अब चाँही !


Oohi ritthe,


****************


त्यस्प्छी ठुल्दाइ ले मलाई चौतारीमा स्वागत गरेको अंश पनि हेरुम ! 


*******************
Posted on 07-15-07 9:40 AM     Reply | Notify Admin 
Rate this Post: If 20 or more rate this post with 1 star (Flag as Inappropriate), this posting will be inactivated 
 
तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाआ?


पूण्टे दा, चना ब्रो एका बिहानै के को हल्ला? त्यो कम्पुटरमा भाइरस लागेको हुन सक्छ, न भए दाइरस पक्का हो। कम्पुटरका डाक्टरहरु खै कहाँ गएछन्।शुक्रबार भट्टि छिरेकाहरुको छुट्टि अझै सकेको छैनन् कि क्या हो? तारेमाम्।


लौ न पूण्टेदाको कम्पुटरलाई ठोकठाक गरि दिनु पर्‍यो। हुन त मान्छेलाई लाग्ने भाइरस अनि दाइरस भए त ठुलदाई सङ नि केही हिसाब हुन्थ्यो, अब कम्पुटर भने सि गिदिको २ इन्च माथिबाट हुट्ट हुट्ट जान्छ।


चौतारीमा चियाउने, दिमाग खियाउने नयाँ मित्रहरुलाई भित्र देखि नै तारेमाम।
रिठ्ठे कहिं पुरानो रिठ्ठे जासुस् को सहोदर् भाइ त पर्नु भएन? आकास जीको नि यसो नालिबेली पाए बेशै हुन्थ्यो क्या रे।
चौतारिमा रम्न सक्नु पर्छ, चौतारिमा गम्न सिक्नु पर्छ। असली जिन्दगीको अनुभूति पाउन हुने छ।
मुख्य कुरा महत्वपूर्ण
******************** 



अन्त्यमा तेइ अंकमा यो चौतारी उखान टुक्काहरु पनि भेटे मैले त:-


 



केही चौतारी उखान टुक्काहरु :



१- जिम्मालको नलिखुट्टो १२ बर्स ढुङ्रोमा राखे नि बाङ्गाको बाङ्गै।
२- आफै त ठुल्दाइ उत्तानो टाङ, कसले दिने भाङ ।
३- काम पाइनस पुन्टे, धोबिनी जिस्क्याउनी
४- काम कुरो एकातिर, साली खोज्न चौतारी तिर।
५- उसै त मास्टर्नी दिदी, सालीले जिस्क्याकी।
६- जुन साली आए नि जिजु-फोबिया।
७- आउन्न आउन्न लोकचार, आयो लेख्यो माना-चार।
८- बुझ्न जान्दैन, चौतारी टेढो।
९- बुझ्नेलाई चौतारी, नबुझ्नेलाई पँधेरो।
१०- एक बिर्की रउसीमा डुबेर मर्नु।
११- भउतेले जिस्क्याको मुन्छे जिम्माल बा देखे नि तर्सन्छ।
१२- रात रहे अर्गाठ पलाउँछ, सुकुटी रहे ढुँसी पलाउँछ।
१३- नेपालमा लड्की छन्, रुम मेरो रित्तै।
१४- कुम्ले जस्तै सोझो (हँसिया जस्तै सोझो)।
१५- साली खोज्न छैन, भउतेका पछि दुकुर्नी।
१६- पुन्टेको खुट्टा, पिए पनि लर्खराउनी, नपिए नि लर्खराउनी।
१७- जहाँ जाला भउते, साली नै जिस्क्याउला।
१८- तितौरी हराए झैँ हराउनी।
१९- जिम्माल बुढो, निशे तन्नेरी।
२०- ठूलीका गाला, टोके नि रातै नटोके नि रातै। (मार्नी भै ठूलीले  म भागेँ यहाँ बाट)


 




 
Posted on 09-09-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु के हुँदैछ त


पेलान मा पर्‍या छ आफु त


कोड लेखेर नपुग्ने - डकुमेन्टेसन पनि बनाउन लगाएर मुर्दार हरु ले


के भन्नि फ्राइडे सम्म बुझाउनु पर्ने भएको हुनाले काम मा लागिपरेकाछौ


एत्ती भन्न आ म त


 
Posted on 09-09-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि हमरो देहात तिर मजदुरि करनेको गिए थियो त चोतारिको जो छ जनमदिन पडिहालेछ। हमि पनि चोतारिके जनमदिनके उपलक्छ् मा आइहालेछुँ। राम कसम हमि चोतारिको केले भुल्देन। पर कथि करने पापि पेट हमको कहाँ कहाँ पुडावँछ। सोचेँथिएँ कि हफ्तेमा एकबारको चोतारि जरुर आवँछ हमि पर टेम सला मिल्देन। त आज आएछु बतियावनेको लागि चोतारिमा। सब लोगनको परनाम।


जे राम जि कि।


 
Posted on 09-09-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
 


तारेमाम  लहरे ।



लहरे नै कोड लेख्ने डकुमेण्ट बनाउन काममा ब्यस्त हुने भए सि चौतारी जन्मोत्सब समारोहमा ब्यापक असार पर्ने भयो गाँठे। लौ न कसैले हेलप गरिदिनु पर्‍यो। चौतारीको रौनक नै लहरे।


 
Posted on 09-09-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैं आयो खाउँला पिउँला
कहाँ बाट ल्याउँला
धुत्त पापी म त छुट्टै बसौला


यसपाली को दशैमा चौतारी मा एउटा घोर्ले खसी काट्नु पर्छ है ठुल्दाइ !


बरु कस्कस्लाई कती कती मासु चहिने हो अहिले देखी खबर गरिराखे हुन्छ !


त्यो टाउको चाँही मलाई चाहिन्छ है !



मदन्वा किशन कन्हैया लाई मैले नि जय राम जि कि गरे है ! अरु सबै त बेसै छ हैन मदन्वा? अनी लर्की उर्की भेट्यो कि भेटे छेन?



लहरे पनि बिजी?


ल एउटा उखान लहरे को लागि --


कोड देखी तर्सेको लहरे रोड मा नि झस्किन्छ 


 
Posted on 09-09-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मदनवा ,
जय राम जी के ।


हो त नि रिट्ठे, घोर्ले खसी को बन्दोबस्त गर्नै पर्छ यसपालिको दसैंमा । काट्ने पो कल्ले हो? हर्के बज्या त्यती बेला सम्म आइपुगे त बेसै हो। नत्र लहरे को भागमा पर्छ । मैले काटेको हो भन्दै टाउको एउटा छोडेर सिङ्गो खसी लान बेर छैन ।


 
Posted on 09-09-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो चौतारीको जन्मोत्सब रे, चौतारीका सप्पै औतारीहरुलाई मेरो नमस्कार है।


 
Posted on 09-09-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हरी,



एक युग पछी ?



लौ भेट भयो देश देशाबर को खबर सुनाउ न।


 
Posted on 09-09-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ र ठुल्दाइ खबर खाबर सुनाउन लाई।  जुग जति गए पनि कुरो उस्ता उस्तै हो।  के हन्ने, कल्लाई हन्ने, जल्लाई जे हनेनी केई हुने हैनन भन्यास्तै हो क्या।  अनि चौतारी तिरको नया गफ सुनाउनु न बरु।  नौलो नौलो देखिन्छ।  हाम्लाई चिन्ने त धेरै छदा नि छैनन जस्तो छ। 

लु बरु पुरानो दिनको यादमा चिलिम सल्काउनु परो, के बिचार छ?

 
Posted on 09-09-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम सल्काउने र फिलिम हेरिने कुरामा दुई मत हुनै सक्दैन । सूर्य ग्रहण लागेकोले मार्लबरो मै चित्त बिझाउनु पर्ला हरी ।


चौतारी तन्नेरी पुस्ता कै भर मा चलेको छ । पुरानाको नाम माथि अभिलेखमा भाकोले गुणेर भए नि चिन्छन।


 
Posted on 09-09-09 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा, हरी, पुण्टे, जिम्माल, गोताएँ, ठुल्दाइ, नमे जस्ता चौतारीका औतारीबुढाहरु भेला भ'सि त ठिटा ठिटीहरु जम्मै कता लागे ? नाकमुख देखिएन हौ ॥॥ लहरे, रिठ्टे चै बुढाहरुको तमासा हेर्न तम्स्या' छ । लु तारेमाम ठोकेर भागे म ता ।

 
Posted on 09-09-09 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  ठुल्दाइ , चनातर्कारी दाई,
 सपैलाई  आरामै छ होला भनेने मानेकी छु।


 
Posted on 09-09-09 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-09 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है नयाँ पुराना सब्लाई यो ज्यानको सलुट !

क्यानाम ! चौतारी भि सुना भाको टेममा आईयो । बात मार्नलाई चुरेनिमाइ तक छैनन जस्तो छ । उधर धोबिनिको भट्टीमा पिल्-पिल तालु टल्क्या जस्तो लाग्यो । लाग्यो जवान भि उतै, कोइ नभेटे पछी अब अमावशको चाँदसँग भए नि बात मार्नु पर्‍यो ।

लौ फिर मिलेङे ! TATA -Horn Ok Please !
 
Posted on 09-10-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुट बजाउँदै आ रेछन रिकुटे हिजै, किन यस्तो धुलै-धुलो भो भन्छु नि म।

ल प्रणाम गरें सब्बैलाई एक्मुस्त। केलिचाको कसैलाई केइ थाहा छ? के हुँदैछ? श्वासथ स्थिती के कस्तो छ। कक्षा सुरु भो जस्तो लाग्थ्यो, के हुँदै छ, एस्सो खबर गर्नु है।

जय नेपाल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters