[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Keywords associated with this thread

http://sajha.org/sajha/chat/smileys/m-cool.gif
[VIEWED 122115 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-11-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १९१   *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 191 editions.

Last edited: 11-Jun-10 01:10 PM

 
Posted on 06-14-10 1:04 PM     [Snapshot: 592]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलै फूल मात्र पनि होइन रहिछ जीवन
काँडा बीच फुल्ने फूल रहिछ जीवन


डच र जापानी बिजयीमय जदौ। सँधै जितिरहनेहरुको मात्रै कति पक्ष लिनु भनेर हिंजो तल मुन्तिरेहरुको पक्ष लिएको, जरामुन्तिरेहरुले चार खान्दिहाले। बरु फाइनलमा चाँही उत्तर कोरियासँग अमेरिका वा दक्षिण कोरिया भिडेको हेर्न पाए हुन्थ्यो तर के दिन्थे जर्मनी, इटली, ब्राजिल आदिले।


समोसा त जम्मा दुइवटा रहेछ त्यो पनि रिट्ठेले भने झैं खान अलि सुहाउने दिन परेन। सुशी ल्याउन ठुल्दाइलाई अप्ठेरो लागे तेरियाकी, तेप्पनयाकी आदी ल्याए भैहाल्छ नि। बरु त्यो निल्नलाई चाँही हाइनेकन, आशाही, अनि साकी ल्याए होला। टुबोर्ग र कार्ल्स्बर्ग खाने योग रहेनछ आज। दिउँसो इटलीले जिते पिज्जा, पास्टा र त्यतैको वाइन पनि खाम्ला।  पारागुवेले जिते त खोइ के खानु, बरु कसैले गुगलेर हेरे हुन्छ नि के खान्छन् त्यता भनी। (खाने पिउने गफ त्यस्तै हो तर म चाँही यो पोस्टिङ् पछि स्यान्डविच टोक्न थाल्छु)


हस्तिनापुरमा फोन उठेन रे? हाम्रातिर त पूर्वबाट कसैको फोन आएको थिएन। तर बिर्खे बुढोले रामेको समेटा फोन नउठाएको त? अस्ति हामीलाई सिकाएको टिडिकले पनि काम गरेन?
    


 
Posted on 06-14-10 1:27 PM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।



धन्य हो चिप्ले सर एक जनाले मध्यान्नमा भए नि हस्तिनापुरबासिको नाक, कान, घाँटी राखी दिएको छ । लगे रहो चिप्ले सर ।


अचेल फोनको घन्टी बज्दैन नि उताबाट । हाम्रो फोन बिग्रेको छ, उता बाट न-आइ फोन नै न जाने । के भाको के ?


 
Posted on 06-14-10 1:34 PM     [Snapshot: 609]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


आकाश कालो बादलले धुम्म भरिएको छ, क्षण क्षणमा केही बुँद छिटाए पनि रुज्ने गरी पानी परेको भने छैन। म आफ्नो कोठाभित्र काखमा एउटा पुरानो कम्प्युटर राखेर बसेको छु।


केही बेर आँखा कम्प्युटरको पर्दामा गाँड्छु, यसो चौतारीतिर पनि चियाउँछु, हुस्सु बढेकोले चौतारीमा आएका औतारिहरु मुश्किलले देखिन्छ, कहिले काँही झलक्क ठुल्दाइ, चिप्ले गुरु, रिठ्ठे र  रामेलाई देख्छु, कोही समोसा खाँदै थिए, कोही गीत गाउँदै, तर  तारेमाम भन्न नभ्याउँदै फेरी सबै कहाँ हराए कहाँ? केही बेर पछि मेरा आँखा टट्टाउन थाल्छन्, म कम्प्युटरको पर्दाबाट आँखा हटाएर कोठा बाहिर निस्कन्छु।


आकाश उस्तै कालो छ, केही चराहरु हतार हतार आफ्नो गुँडतिर जान लागेको जस्तो देखिन्छ। शायद आज ठुलो पानी पर्ला। मलाई कतै नजानु पर्ने दिनमा घरमै बस्दा ठुलो पानी पर्‍यो भने खुब रमाइलो लाग्छ। आज काममा जानु पर्ने त थियो तर आज पानी मात्र पर्न लागेको होइन आफूलाई एकदम अल्छि पनि लागिरहेको छ। त्यो कम्प्युटर पनि कति चलाऊनु आँखै ट्टाउने गरी? वर्ल्डकप हेर्न अझै केही समय कुर्नु पर्ने छ।


ह्या मज्जाले सुत्छु आज...      


 
Posted on 06-14-10 1:38 PM     [Snapshot: 611]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले सर गीत गुन गुनाउदै आइबक्सीबक्सेछ !


मेनु त खतरा खतरा छ नि के हो? त्यो हेरेर त बरु चाइनिज र डच को म्याच भएर ड्र भा भे हुने रइछ ! म:म र हेनिकेन बजाउन पाइने रइछ ! है ठुल्दाइ?


लौ इटली र परागुये को पनि सुरु भयो !


 
Posted on 06-14-10 1:46 PM     [Snapshot: 625]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जित्या कुरो मलाई चाँही रमाइलो लाग्यो है ! हन अनी सुत्नु भन्दा त चौतारीमा बसेर यस्तै रमाइलो रमाइलो कुरो गरे हुन्थ्यो नि जिते !
फुटबल त बल्ल सुरु भो ! इटली ले कती झ्याली खेल्न सक्या सुरु देखी नै ! कठै ति परागुये हरु
 
Posted on 06-14-10 2:11 PM     [Snapshot: 637]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बजायो परागुयेले !


गोsssssssssssssssल


 
Posted on 06-14-10 2:13 PM     [Snapshot: 638]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire style maa pahilo dosro tahaa sabai round ko taaremaam saathai jadau.

Italy le haryo feri gol khadi gayo score. k bhaa yesto TUT ...

lau sabai autaari lai pranaam gare

 
Posted on 06-14-10 2:35 PM     [Snapshot: 656]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे .


इटाली लाई फूटबल भन्दा फेशन प्यारो ।


पाराग्वेले खेल्यो, इटालिले पेल्यो, एकले अर्कालाई ठेल्यो ।


"नाम चाँही ठूला, काम न काज को मुला" बर्गमा फ्रान्स सँगै इटाली पनि पर्‍यो जस्तो छ ।


 
Posted on 06-14-10 2:51 PM     [Snapshot: 670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोsssssssssssssssल


बैरेको पोल खोल


 
Posted on 06-14-10 3:21 PM     [Snapshot: 687]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k pol kholne ritthe , ritthe ko julfi le goal hanyaa jasto dekhiyo ni . Draw bhaye ni point naune bhayo k garne
 
Posted on 06-14-10 3:23 PM     [Snapshot: 689]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल खत्तम, टाइम हजम । जित हार नहुने खेल नि खेल हो ? मध्यरात को सहमति जस्तो।

 
Posted on 06-14-10 4:19 PM     [Snapshot: 713]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ घर जाने ट्याम भयो, पुरानो क्यलेण्डर को फोटो भेटियो, सन १९७० तिरको हिप्पी संसारको मक्काको ।

 
Posted on 06-15-10 7:20 AM     [Snapshot: 765]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 06-15-10 7:24 AM     [Snapshot: 767]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
मंगलवारस्य गन्नुमय जदौ सबैलाई
म चै एक राउन्ड गन्नु क्रिब पुगेर आउछु हो।
ग्याम हेर्दाइ गर्ने हरु अप्डेट पाम है।
ठुल्दाइ नि ७० दसक को फोटो राखेर,आफुनी मस्त चिलिम फुकेर सुत्या हो कि के हो ?

 
Posted on 06-15-10 7:26 AM     [Snapshot: 768]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रामे कुन सट्को आएउ,कुना गर उङ्दै बस्या रइछौ अनी काँट देख्नु त, गणेशथान जाने हो ?
 
Posted on 06-15-10 7:46 AM     [Snapshot: 772]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
 
Posted on 06-15-10 8:02 AM     [Snapshot: 776]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम  बिस्टे काजी, रामे चेली

फूटबल उप्डेट स्लोभाकिया १-० न्यूजिल्यान्ड


यो न्यूजिल्यान्ड त झुरै रैछ -

 
Posted on 06-15-10 8:12 AM     [Snapshot: 780]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे मंगलमय जदौ ।



तारेमाम रामे, बिस्टे, चेली, लहरे ।


रामेको छोरो भ्रमण कार्यक्रम समापन भएको हो ?


गणेशस्थान त हाजिर गर्नै पर्‍यो। ज्ञानेले हाजिर नजनाउंदा श्रीपेज गुमाए, हामीलाई नगरदा वेबपेज गुमाउनु पर्ला फेरी विश्व कप को बेला ।


कप बाट चिया कप सम्झे । एक कप चिया खान पाए हुन्थ्यो चेली ।


म त एशिया कप क्रिकेट हेर्दाइ हो , झूर फूटबल भन्दा शोएब अख्तर को पुनरागमन हेर्दाइ बस्नु उत्तम लाग्यो ।


 
Posted on 06-15-10 8:23 AM     [Snapshot: 786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्लोभाकिया  १-१ न्यूजिल्यान्ड

इन्जुरी टाईम मा हान्द्यो गोल न्यूजिल्यान्ड ले
Last edited: 15-Jun-10 08:24 AM

 
Posted on 06-15-10 8:28 AM     [Snapshot: 786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम सब्बैलाई

त्यो किन्तु, परन्तु, बट भन्ने चाइँ किन कसरी टिममा पर्छ रेसोचको बिषय छ। न क्याट्च लिन्छ न रन हान्छ, वेसै फोकटिया यौटो जेहेन्दार खेलादिको ठाउँ खान्छ मोरो।

लु आफ्नो लागी त वोर्ल्ड कप आज सुरु हुन्छ, ब्राजिलको छ आज, अनी स्पेनको भोली। अब याँ अड्डाबाट पो कसरी हेर्नी, घर जान पर्ला भन्ने मान्या छु

सार्हो गर्मी छ आज याँ त, अन्त के कस्तो होला कुन्नी!? घाम चाइँ लाग्या छैन

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters