[Show all top banners]

ThahaChaena

More by ThahaChaena
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 Laxmi Prasad Devkota Shankar Lamichaneko najar ma
[VIEWED 2788 TIMES]
SAVE! for ease of future access.
Posted on 09-12-12 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 २००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- 'देवकोटाजी हुनुहुन्छ ?' माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।
 
सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- 'माथि ऊ त्यो कोठामा जानुहोस् ।'
 
जीवनमा पहिलोचोटि देवकोटाजीसित परिचय पाउने उत्साहमा मेरो मन धकमक गरिरहेको थियो । 'सुन्दरीजल' र 'शाकुन्तल महाकाव्य' लेख्‍ने कविको साक्षात् दर्शन । भर्‍याङको हरेक खुड्किला पहाडझैं लागेपछि २/२ वटा गरेर म कोठामा उफ्रेर एक्कासि पुगेँ । देखेँ- कालो कम्बलले गुटुमुटु भएर एउटा मैलो फोहोर ओछ्यानमा पल्टेर घोप्टिई देब्रे हातले चिउँडो अडाएर उच्चस्वरमा एकाग्र चित्त भई पढिरहेछ । एक मन त लगत्तै फर्कूँजस्तो लाग्यो सायद उहाँ त्यो महाकवि होइन होला भन्ठानेर । के छ अनुहारमा कालो फुस्रो मुख छ । कपालका रौं आफूखुसी दस दिशा दौडिरहेछन् । कम्बलबाट निस्केका हातमा झ्याप झ्याप्पी रौं कालो फुस्रो हात मसी-मसी लागेको । यस्तो मानिस पनि महाकवि ! कोठामा चारैतिर हेरेँ ।
आँधी झैँ हुरी भर्खरै त्यहाँ नाचेर गएझैँ हरेक दिशामा कागज छन् । सायदै कुनै किताब सद्दे होला, मसी नघोप्टिएको । सुकुलको कुना नराम्रो देखिन्थ्यो- एक कुनामा मात्र उज्यालो भएर होला । कुनै समयमा पोतेको चुन झरिसकेको थियो र आज त्यही भित्तामा एकातिर श्रीकृष्ण, रवीन्द्रनाथ टैगोर, अर्कोतिर अर्को कुनै दारीवाल बूढो, यिनीहरूका चित्र पेन्सिलले लेखिएका छन् । यत्तिले नपुगेर फुटेको मकल, चारैतिर झरेको खरानी । मेरो उपस्थितिको ज्ञान भए छ क्या त्यो संगीत अकस्मात् बन्द गरेर उहाँ मतिर हेरिरहनुभएको ।
 
'देवकोटाजी ?' प्रश्नसूचक दृष्टिले हेर्दै मैले सोधें ।
 
'जी आउनुहोस् ।' उहाँले जबाफ दिनुभयो । सायद होइन भनेको भए म ज्यादा आनन्दित हुने थिएँ होला । त्यस्तो मानिसलाई महाकवि होलान् भन्ने मैले नसोचेकाले पनि त्यसो हुन सक्छ । नगिच गएर बसेँ ।
 
'तपाईंलाई चिन्दिनँ ?'
 
'यो पत्रले चिनाउनेछ' भनेर मैले आफ्ना मामाको पत्र उहाँका हातमा राखिदिएँ । कमसेकम तीनचोटि माथिदेखि तलसम्म हेरेर अनि र्फकेर मतिर हेरी उहाँले भन्नुभयो- 'उसो भए उहाँको तपाईं आफ्नै भानिज ?'
 
'जी'
 
पत्रमा थियो देवकोटाजीसँग एउटा अनुरोध । उहाँका लघु कथासंग्रह गर्ने साधन एवं अनुमति । श्री ईश्वर बराल सम्पादनमा ।
 
'मैले लेखेका कथाहरू त कता छन् कता' सम्झेझैं गरेर उहाँले फेरि भन्नुभयो । 'खस्याङखुसुङ लेख्थेँ । बसीबियाँलो गरेर त्यो पनि काशीबाट आएदेखि त स्थिति नै मिलेको छैन । देखिहाल्नुभयो होला त ?' चारैतिर कोठामा औंला 
 
नचाइदिनुभयो । यो नग्न सत्यताको सहाराले मेरो मनको मैलोपन जम्मै पखालिदियो ।
 
'खोजखाज गरेर' ... म भन्दै थिएँ । उहाँ हाँस्नुभयो ।
 
'कहाँ ? ... प्रकाशकी आमाले लेखेर पैसा आउने होइन भनी अस्ति झन्डै फालिदिएकी । बल्लबल्ल केही उम्काएर छोराले पो राखेको छ । कागज, कलम, मसी जम्मैमा कफ्र्यु पो लागेको छ ।
 
मलाई खिन्नताका साथ हाँस्नुपर्‍यो किनभने उहाँ आफैं हाँसिरहनुभएको थियो । 'बनारस जाने ?' सोध्नुभयो ।
 
'मानिस जानेछन् ४/५ दिनमा । उनकै हात पठाउन पाए असल हुने थियो ।' 'ठीक भन्नुभयो ।'
 
'एउटा चिठी त आजै पठाउँदै छु । तपाईंको पनि केही ... ।'
 
'हुन्छ ... हुन्छ ...' स्वीकार गरेर उहाँले डसना 
 
पल्टाउनुभयो । फुलमार चुरोटका ठुटा कमसेकम २७ जति होलान् डसनाका कापमा । एउटा झिकेर मतिर हेर्नुभयो । खल्तीबाट सिंगो चुरोट एवं सलाइ झिकेर मैले उहाँलाई दिएँ । असल चुरोटलाई ओल्टाइपल्टाई हेरिदिँदा मलाई त्यसबखत आफैंमाथि लाज लाग्यो, किन किन ? चुरोट सल्काएर उहाँले आफ्ना अनुसन्धान जारी राख्नुभयो । अन्तमा निराश भएर मतिर हेरी भन्नुभयो- 
 
'तपाईंसँग कलम छ ?'
 
बानीले होला दाहिने हात झट्ट माथिल्लो खल्तीमा पुगिहाल्यो तर अपसोचसाथ मैले भनेँ- 'छैन, घरमा छुटेछ ।' थाहा छैन कुन कुनाबाट कान्छी औंलाजत्रो सिसाकलम झिकेर उहाँले अगाडि राख्नुभयो । त्यो पनि नतिखारेको ।
 
'चक्कु छ ?'
 
'...' आजकल ठिटा कहाँ खल्तीमा चक्कु हालेर हिँड्छन् र, ओढ्ने छोडेर उहाँ उठ्नुभयो । अनि देखेँ- महाकविको सच्चा रूप । जीउमा सिर्फ एउटा धोती छ । न भोटो, न गन्जी न कमिज ।
 
कोही नपाएर होला उहाँ त्यसै फर्कनुभयो अनि ईश्वरीय औजारले कलम ताछ्न लाग्नुभयो दाँत एवं नङ्ग्राले । बीचबीचमा कुरा हुँदै थियो । उहाँ आफैं बोलिरहनुभएको थियो । मेरो त घाँटीभित्र आगो जलिरहेको थियो ।
 
'नरेन्द्रजीकहाँ बनारसमा बडो आनन्दमा थिएँ तर के जन्जालमा आउनु भन्नु लेखेको रहेछ ।'
 
दाँतको एक झोंकले सिसाकलम भाँचियो । लेख्ने एउटै उपाय थियो त्यो पनि ... । आज चिठी नलेखिने होला भनेर म निराश भएँ तर कविजीले सिसाकलमको काठ झिकेर आखिर एक इन्ची मात्र लामो सिसाले मात्र लेख्न लाग्नुभयो । औंलामा हराउने त्यत्रो सानो सिसाले पनि लेख्न सम्भव हुँदोरहेछ भनेर मैले जीवनमा पहिलोचोटि थाहा पाएँ ।
 
मेरा आँखामा खपीनसक्नु आँसु भरिए । मैले सोचेँ- नेपालका महाकविको आज यो दशा छ । एउटा बर्नाड श छन् जसका प्रत्येक शब्दको मोल एक रुपैयाँ छ र एउटा देवकोटा छन् जसका ... साँच्ची, नेपालीहरू मानिस चिन्दैनन् । नेपाली कलाको पूजा गर्न जान्दैनन् । आफ्नो गौरव पनि बुझ्दैनन् । थाहा छैन, मेरो मनले कति सराप्यो । कतिको दुःख पायो । आफ्नो सफा लुगासँग मलाई आफसेआफ घृणा लाग्यो । मेरा असल कलम, घडी, बिलायती जुत्ता ... छिः मलाई आफूदेखि घृणा लाग्यो ।
 
त्यो चिठी त आज मसँग छैन तर त्यो बहुमूल्य चिठीको केही वाक्य म अहिले पनि झलझल सम्झन्छु । 'महाशय, मलाई अहिल्यै माघ-पुस लागेको छ । माघ झरीझैं मेरो जीवन नै कठाङ्ग्रिरहेछ । मनमगजमा तुषारो जमे झैं दुःख जमेका छन् । आज मैले लेखेका साहित्य के साहित्य होलान् र ?'
 
ऐतिहासिक यो पत्र जसको मूल्य सन् १९५२ मा १०,००० भन्दा कम होइन, लिएर मनमनै कठाङ्ग्रिँदै म पनि बाहिर निस्केँ ।
 
मेरो जीवनमा देवकोटाजीसितको यो पहिलो भेट हो । ४/५ दिनपछि एकचोटि आउनु भनेकाले फेरि पुगेँ । स्याना बच्चाबच्ची पिठ्यूँमा घोडा चढिरहेका र हाम्रा कविजी एक नयाँ कविताको सिर्जना गरिरहनुभएको । मलाई यो देखेर आश्‍चर्य लाग्यो ।
 
मानिस भन्छन्, कविता लेख्‍न एकदम एकान्त चाहिन्छ कुनै किसिमको खलबल कोलाहल हुनुहुँदैन तर हाम्रा गुरुजीको त्यस्तो परिस्थितिमा समेत लेख्‍ने विलक्षणता देखेर आश्चर्य लाग्यो ।
 
'आहा, कहानी लेख्‍न भुसुक्क बिर्सेछु ।' मनमा ठूलो आशा लिएर आएको थिएँ । एकदम निराश भएँ । गुरुजी भन्दै हुनुहुन्थ्यो 'यो एउटा कवितामा खस्याङखुसुङ अलमलिएको । सुन्नुहुन्छ ?'
 
'हवस् ।'
 
कविता थियो अंग्रेजीमा प्रोमिथिस अन्बाउन्ड । मैले खोक्रो रवाफ नराखेर भनेका खण्डमा यो भन्नु अत्युक्ति होइन कि देवकोटाजीबाहेक अरू कसैको मुखबाट त्यो कविता सुनेको भए, म आफैंले पनि पढेको भए, मैले बुझ्ने थिइनँ । पृथ्वी आएका प्रथम पुरुषको स्वतन्त्रता लिएर रचिएको थियो त्यो कविता । आठ-आठ पंक्तिमै । त्यसमा अनौठो प्रयोग जुन गुरुजीले गर्नुभएको थियो, त्यो हो नेपालीकरण पनि आठै पंक्तिमा । फेरि यो पनि होइन कि एक भर्सलाई लिएर त्यसको सिधा अनुवाद । अंग्रेजीमा आठ लाइन, नेपाली आठ लाइन । अंग्रेजीको जुनसुकै लाइनसँग नेपालीको उही नम्बरको लाइन मिलाउनु उही रूपमा । फेरि कतै कठिन भए पनि एउटा कुरा ।... यदि मैले यहाँ यो भने कसैले पत्याउँदैनन् होला तर त्यो कविता प्रकाशित भएका खण्डमा गुरुजीबाहेक त्यसलाई राम्ररी पढाउन सक्ने र त्यसको पूर्ण मीमांसा दिन सक्ने मानिस विरलै होलान् कमसेकम यो २५ वर्षयता । यो कविता अहिलेको नेपाललाई होइन, २५/५० वर्षपछिको नेपाललाई हो ।
 
'तपाईंलाई कस्तो लाग्यो ?' गुरुजीले सोध्नुभयो ।
 
'खै, गुरुजी, मैले पत्ता लगाउन सकिनँ, मलाई कस्तो 
 
लाग्यो ।' लाग्छ हामीलाई त्यसबेला, जब हामी राम्ररी तहमा पुग्छौं । मलाई कविता त अनौठो लाग्यो तर त्योभन्दा अर्कै कुरा अनौठो लाग्यो, भनूँ ?'
 
'आम्मै भन्नुस् न ।'
 
'तपाईं असमयमा जन्मनुभएछ पो भन्ने लाग्यो । तपाईंजस्ता मानिसका लागि नेपाल बनिसकेको छैन ।'
 
गुरुजी हाँस्न थाल्नुभयो । 'तपाईंले त मलाई मानिसै ठान्नुभएन । मेरो भनाइ कवितामा पो छ ।' म पनि हाँसेँ अनि सम्झेँ- भोलि मानिस बनारस जाँदै छ । भनेँ- 'भोलि पनि कहानी पठाउन पाइएन भने ... ।' बोल्दाबोल्दै रोकिएँ के भनूँ भनेर ।
 
'कति बज्यो हेर्नुस् त ?'
 
'छ बज्न लाग्यो ।'
 
'भोलि कुन बेला मानिस जाँदै छ ?'
 
'बिहान नौ बजेतिर ।'
 
'तपाईंलाई कतिवटा कहानी चाहिने ?'
 
'विभिन्न किसिमका १०/१२ वटा र १२ भयो भने छानेर १० वटा संकलन गर्न सकिन्थ्यो ।'
 
'१२ कहानी ... १२ घन्टा ...' गुरुजी सोच्न लाग्नुभयो । नबुझेर म आश्चर्य मानिरहेको थिएँ । एकैछिन पछि भन्नुभयो ।
 
'यसो गरूँ, आज तपाईं यहीँ बस्नोस् । म बोल्दै जान्छु, तपाईं लेख्दै जानोस् । बिहान ६ बजेसम्म कसो नसकिएला । हुन्न ? थाक्नु त हुन्न हगि ? भोलि बिहान कहानी जम्मै पुर्‍याइदिनेछु ।'
 
यति सजिलोसँग यो कुरा भनिएको थियो कि मैले पहिले यसको माने नै बुझ्न सकिनँ । जब बुझेँ अक्मकाएँ । रातभरि एक थलामा बसेर लेख्नु रे ... न खानु न पिउनु रे ... र फेरि घरमा भाइहरू बिरामी ।
 
'यसो त कसरी ... ।'
 
'मकहाँ बस्न तपाईंलाई केही आपत्ति छ ? यहीँ खानुहोला नमिठो भए पनि ।' 
 
'खान त केही छैन तर रातभरि ... घरमा बिरामी छन् ।'
 
'उसो भए जुन बेलासम्म सक्नुहुन्छ लेखूँ अनि सकिएको कहानीचाहिँ लैजानुहोला ।' इन्कार गर्न सकिनँ, थालेँ लेख्न ६ देखि १० बजेसम्म । ४ घन्टामा ५ कहानी लेखियो । महाकविको शक्तिको परिचय मैले त्यसबेला थाहा पाएँ । हामीलाई जीवनका आफ्ना घटनाहरू सुनाउँदा बीचबीचमा अड्नुपर्छ, उहाँ भने कल्पनाका आधारमा कसरी नयाँ प्लट, नयाँ शब्द एकदमै नदोहोर्‍याई काटकुट नगरी, नअक्मकाई भन्दै जानुहुन्छ कुनै किताब पढेझैँ । सायद त्यसभन्दा पनि छिटो मैले सर्टह्यान्ड जानेको भए, या रेकर्डिङ गर्न मसिन भएको भए, मलाई आशा छ र विश्वास पनि त्यस ४/५ घन्टाको अवधिमा १२ वटै कहानी लिएर आउने थिएँ ।
 
त्यस बखतमा बटुलिएका- म यहाँ जानीजानी बटुलिएको भन्ने शब्द भनिरहेछु किनकि भण्डारमा चामल बटुलेझैं लागेको थियो मलाई । त्यसबेला कहानीहरूमा 'मधुराबोडसी' र 'चिनियाँ प्रेमी' उल्लेखनीय छन् ।
 
फर्कने बेलामा कागजको एक मुठो अगाडि राखेर गुरुजीले भन्नुभयो- 'मकहाँ हराउनेछन् । जो पनि आउँछ, लैजान्छ, हराइदिन्छ । यी अलिकति गद्य र कवितासंग्रह छन्, आफूकहाँ सुरक्षित राखिदिनोस् । तपाईंकाँ भो भने हराउनेछैनन् ।'
 
 
घर आएर पोको फुकाएर हेरेँ, पढ्दै गएँ निद्रा मारेर । तिनमा उल्लेखनीय छन्- 'अन स्मोकिङ एक्जिस्टेन्स अफ गुड र इन्डियन समर क्लाउड र कवितामा लर्ड कृष्ण र गड इत्यादि ।
 
ती सायद अहिले प्रकाशित भएका छैनन् तर जब प्रकाशित हुनेछन् अनि हामीले थाहा पाउनेछौं- अंग्रेजी भाषामा पनि देवकोटाजीको कति प्रवाह छ ।

source : http://shankarsmriti.blogspot.com/2011/05/blog-post_11.html

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters